१६ भाद्र, झापा । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्। प्रकाशलाई नागरिकता दिने बेलामा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए। प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो। ‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली…
१५ भाद्र, काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित…
१४ भाद्र, काठमाडौं । विश्वचर्चित फेसन विक न्यूयोर्क कटोअर फेसन विक–२०२४ मा नेपाली फेसन डिजाइनर स्मिता राई पनि छनोट भएकी छन्। स्मिता अमेरिकाको फेसन सिटीको रूपमा चिनिएको न्यूयोर्क सहरमा आगामी सेप्टेम्बर १४ देखि हुने न्यूयोर्क कुटोअर फेसन विकका लागि छनोट भएकी हुन्। यससँगै अब फेसन डिजाइनर स्मिताले तयार पारेका क्रियटिभ परिहनमा हलिउडका चर्चित मोडलहरूले क्याटवाक गर्नेछन्। विख्यात फेसन डिजाइनर तथा मोडलहरूको प्रस्तुति रहने उक्त फेसन सप्ताहको ४०औँ संस्करण न्यूयोर्कस्थित एन्जल ओरेन्सान्ज फाउन्डेशन हलमा आयोजना हुँदैछ। हलिउडकै चर्चित फेसन शोमध्ये पर्ने उक्त फेसन सप्ताहमा छनोट हुने स्मिता एकमात्र नेपाली फेसन डिजाइनर हुन्। इटहरीकी स्मिताले नेपालको चर्चित फेसन इस्न्टिच्युट आईआईएफटी स्कुल अफ…
५ भाद्र, काठमाडौं । संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए । २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल…
४ भाद्र, काठमाडौँ। अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका छन्। ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा मंगलबार आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका हुन्। उनीहरुले आफ्नो समूहका दिवंगतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन पनि गरेका छन् । न्युज अफ नेपाल
१ भाद्र, झापा । बुद्धिचाल प्रतियोगिताका क्षेत्रमा निरन्तर लागिपर्दै आएको झापा मेचीनगर-६ काँकरभिट्टाको नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने भएको छ । लागुऔषध दुर्ब्यसनी विरुद्धकाे क्षेत्रमा लामो समययता कृयाशिल क्लबले युवाको बुद्धि- विवेक र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चेस च्यम्पियन्सिप प्रतियोगिता गर्ने भएको हो । भदौ ७ गतेदेखि १० गतेसम्म देशभरका बुद्धिचालमा झुकाव राख्ने खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने शनिबार पत्रकारसमक्ष नाइट चेस क्लबका अध्यक्ष बिश्व भुजेलले जानकारी दिए । प्रतियोगितामा २ हजारदेखि १७ सय र १७ मुनि अंङ्कमा छनोटमा परेका २० जनालाई नगद, प्रमाणपत्रसहित समान एबम् पुरस्कृत गरिने जनाएको छ । दुई…
झापा । प्रेस सेन्टर झापाले प्रत्येक वर्ष प्रदान गर्दै आएको देवराज आचार्य (डी-कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकश लामालाई प्रदान गरिएको छ । झापाको बिर्तामोडमा (डी-कौडिन्य) स्मृति पत्रकारिता वितरण समारोहमा दुई दशकबढी समय पत्रकारितामा कृयाशील मेची खबर साप्ताहिकका सम्पादक झुलन रेग्मी र नेपाल टेलिभिजनका झापा प्रतिनिधि डिकेश लामालाई प्रदान गरिएको हो । पुरस्कृत पत्रकारद्वय रेग्मी र लामालाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वो मौसम, बिशिस्ट अतिथि सहिद स्वर्गीय (डि-कौडिन्य) कि पत्नी यमुना आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । सेन्टरले यसअघि प्रदान गर्दै आएको पुरस्कार रकमलाई वृद्धि गर्दै यो पटक ४२ हजार…
काठमाडौँ । माल्दिभ्समा भइरहेको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित पाएको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित गर्यो । यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागी च्याम्पियनसिपमा २ अङ्कसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अङ्कविहीन छ । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । अब शनिवारै हुने किर्गिस्तान र श्रीलङ्काबिचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय…
असार ३०, काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । त्यस्तै अन्यविधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट…
असार २६, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच ३ प्रकारका परिचय पत्र प्रदान गरे । राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो । प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परीक्षणको लागि निःशुल्क सेवा पाउने छन् । गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन्…