Skip to main content

नयाँ तृष्णा

रोचक

(जैतुन छाँया सिजन–३ एपिसोड–२) आयोजित कार्यक्रमको जानकार गर्दै पत्रकार सम्मेलन

(जैतुन छाँया सिजन–३ एपिसोड–२) आयोजित कार्यक्रमको जानकार गर्दै पत्रकार सम्मेलन

२४ असार, झापा । बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) हुन लागेको कार्यक्रम जानकारी गराउदै पत्रकार सम्मेलन गरेका छन् । आज बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् । असोज ३ गते विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) बृहतरुपमा हुने छन् । सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन। जसमा गायन, जीवन गवाही र बाइबलिय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ। बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले मन्तव्यको…
Read More
लघुकथा सङ्ग्रह सनेसको विमोचन

लघुकथा सङ्ग्रह सनेसको विमोचन

असार २३ गते ,झापा ।  साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को आज भक्तपुरमा विमोचन गरिएको छ । सताक्षीधाम साहित्य सङ्गम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, पूर्वप्राज्ञ प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं पूर्वप्राज्ञ लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरे । कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा सनेस भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गरे । उनले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए ।  लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था…
Read More
विहारमा एक युवकले टोक्दा सर्प मर्यो, सर्पले टोकेका युवक सुरक्षित

विहारमा एक युवकले टोक्दा सर्प मर्यो, सर्पले टोकेका युवक सुरक्षित

२३ असार, झापा ।  विहारका एक युवकको टोकाइबाट सर्प मरेको छ । बिहारका सन्तोष लोहारले सर्प टोकेका थिए । बिहारका सन्तोष लोहारले टोक्दा सर्प मरेको हो। लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो। सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा सर्पको विष नलाग्ने त्यहाँको मान्यता छ। मानिसको शरीरमा रहेको विष सर्पलाई टोक्दा सर्पको शरीरमा फिर्ता हुने स्थानीयको मान्यता छ। भारतीय मिडियाका अनुसार रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो। रजौली थाना क्षेत्रको जंगली इलाकामा रेलवे लाइन बिछ्याउने काम चलिरहेको छ। मंगलवार राती सवै मजदूरहरु सुतिरहेका थिए। यसैवेला सन्तोषलाई सर्पले टोक्यो। त्यसपछि रिसाएका उनले सर्पलाई पनि २ पटक टोकिदिए। उनले यसरी…
Read More
अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

मेचीनगर,२१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको छ । विहीबार मेचीनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेशनको तर्फबाट साे कार्यक्रम अघि बढाउने त्रिपक्षीय सम्झौता भएको हाे । नगरपालिकाकी महिला तथा बालबालिका विकास शाखा प्रमुख जयन्ती खरेलले मेचीनगरमा अपङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउने जानकारी दिइन् । बैशाखी, ह्वीलचियर, स्वास्थ्य बीमा लगायतका सेवा प्रदान गराउने उनकाे भनाई छ । १० वर्षमुनिका अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा लगायतका अत्यावश्यक सेवा उपलब्ध हुने खरेलले बताइन् । आगामी…
Read More
जुन महिनामा ७६ हजार पर्यटक नेपाल भित्रिए

जुन महिनामा ७६ हजार पर्यटक नेपाल भित्रिए

असार १८, काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् । बङ्गलादेशबाट तीन हजार…
Read More
भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

असार १७, भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करिब ३३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । अधिकांश रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यो पुल परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा भने किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ । साउन ५ गतेको साइकल यात्रा साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । खोला किनारमा फोहर…
Read More
सिटौलाको ‘अनुभव र अनुभूति’ पुस्तक लोकार्पण

सिटौलाको ‘अनुभव र अनुभूति’ पुस्तक लोकार्पण

मेचीनगर, १६ असार । लेखक एवम् साहित्यकार रामचन्द्र उप्रेतीले नरेन्द्रप्रकाश सिटौलाले लेखेको पुस्तक ‘अनभुव र अनुभूति’ सामाजिक, आर्थिक र राजनीतिक परिवेश सुहाउँदो रहेको बताएका छन् । आज काँकरभिट्टा स्थित एनएमसीको मुख्य कार्यालयको सभाहलमा आयोजित सिटौलाद्वारा लिखित ‘अनभुव र अनुभूति’ पुस्तकको लोकार्पण गर्दै प्रमुख अतिथि उप्रेतीले यस्तो कुरा बताएका हुन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाका संस्थापक अध्यक्ष समेत रहेका उप्रेतीले हाम्रो गन्थनहरु सुन्न र पढ्न नागरिकहरुले छाडेकाले अब पुस्तक निकाल्ने कि ननिकाल्ने समस्या भएको बताए । कार्यक्रममा सुसेली साहित्यक परिवार मेचीनगरका अध्यक्ष पुन्यप्रसाद खरेलले लेखक सिटौलाको ७८ वर्षको अनूभव समेटिएको पुस्तक सुन्दर रहेको बताए । ‘उहिले मान्छे मर्दा दुई…
Read More
कुशिकाले प्राप्त गरिन् झापामा एकमात्र ४ जिपीए

कुशिकाले प्राप्त गरिन् झापामा एकमात्र ४ जिपीए

असार १३, मेचीनगर । एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् ।दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले बताए । राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र परिक्षार्थी रहेकी छिन् । झापामा एसईई परीक्षाका सहभागी मध्ये ७४७ जनाले ३.६ माथि जिपीए प्राप्त गरेका छन् । झापाबाट एसईई परीक्षामा सहभागी मध्ये ४७.३८ प्रतिशतले मात्र कक्षा ११ मा अध्ययन गर्न पाउने छन् । करिब ५३ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने छ ।
Read More
मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा प्रथम बनिन् धुलाबारी माविकी दिब्या राया

मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा प्रथम बनिन् धुलाबारी माविकी दिब्या राया

मेचीनगर । नगर स्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायाले जितेकी छिन् । उपाधि जितेसँगै उनले नगद १० हजार १ सय २५ रुपैयाँ नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । मेचीनगर-८, स्थित आदर्श मावि परिसरमा बिहीबार सम्पन्न प्रतियोगिताको दोश्रो र तेस्रो क्रमशः ओसिएनिक निर्माण अंग्रेजी मावि बाहुनडाँगीका रिदम दुलाल, मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरे भइन् । दोस्रो रिदम दुलालले ७ हजार १ सय २५ प्राप्त गरे भने तेश्रो स्थान हासिल गर्न सफल प्रोशिमा घिमिरेले ५ हजार २ सय ५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे…
Read More
अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइए राजेश पायल राई

अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइए राजेश पायल राई

असार १३ ,काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि राईलाई विमानस्थलबाटै फर्काइएको हो । गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो । राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ ।
Read More