Skip to main content

नयाँ तृष्णा

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

[adsforwp id="2511"]

काठमाडौँ । माल्दिभ्समा भइरहेको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित पाएको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित गर्‍यो । 

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागी च्याम्पियनसिपमा २ अङ्कसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अङ्कविहीन छ ।

पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

अब शनिवारै हुने किर्गिस्तान र श्रीलङ्काबिचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ । किर्गिस्तान र श्रीलङ्का दुवैले यसअघि दुई खेल जित्दै समान ४ अङ्क जोडेका छन् ।

यी दुई बिचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्नेछ । सेमिफाइनलका दुवै खेल आउने सोमबार हुनेछ । फाइनल खेल मंगलबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...