Skip to main content

नयाँ तृष्णा

बुद्धशान्तिमा असाेज १७ देखि मिडिया कप हुने

[adsforwp id="2511"]

झापा । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको खेल संयोजक नारायण अर्यालले जानकारी दिएका छन् ।

यसैबिच आयोजकले लक्की ड्र मार्फत खेल तालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो खेलमा असोज १७ गते आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । सोही दिन पहिलो चरणका ३ खेल हुनेछ । जस अन्तर्गत आयोजक बुद्धशान्ति प्रेस क्लबले अर्जुनधारा प्रेस क्लबसंग, कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसंग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै लक्कीड्र मार्फत सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रेस क्लब बुद्ध शान्तिका सचिव रोशन भट्टराईले जानकारी दिएका छन् । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुने प्रेस क्लबका निवर्तमा अध्यक्ष आयाुस निरौलाले बताएका छन् । पत्रकार सम्मेलनमा क्लबका पूर्व सचिव खिपेन लावती, क्लबका पदाधिकारी तथा झापाली सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...