Skip to main content

नयाँ तृष्णा

सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र, पाए कार

[adsforwp id="2511"]

६ पुस,

काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे ।

उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन्   । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे ।

टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् । क्वालिफायर वान मा सुदूरले जनकपुरलाई हराएपछि प्लेअर अफ दि म्याच बनेका सुदूरका खेलाडी विनोद भण्डारीले पनि दीपेन्द्र नै अहिले बेस्ट प्लेअर भएको बताएका थिए ।

दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए ।

उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए । त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे ।

चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् । पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो ।

दीपेन्द्रले बलिङमा ९ खेलमा कुल ९ विकेट नै लिए ।

फाइनलमा भने दीपेन्द्र चल्न सकेनन् । उनले ब्याटिङमा ९ रनमा आउट हा बलिङमा १ विकेट मात्र लिएका थिए । त्यस्तै प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बने उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए ।

उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...