८ फाल्गुन २०८२, शुक्रबार, मेचीनगर। कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा मिति २०८२ साल फागुन ६ र ७ गते दुई दिने मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। “बुढापाकाका सम्मानमा उठ, र वृद्ध मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय मान; म परमप्रभु हुँ।” (लेवी १९:३२) भन्ने मूल सन्देशका साथ आयोजना गरिएको सम्मेलनमा ज्येष्ठ आमाहरूलाई विशेष सम्मान गरिएको थियो। १ तिमोथी ५:९ को सन्दर्भअनुसार आठ जना ज्येष्ठ एकल आमाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेहरूमा: प्रेसविटेरियन चर्च इटाभट्टा की ७० वर्षीया नाओमी खड्का, कर्नर स्टोन चर्च बर्मेली टोल की ७२ वर्षीया नन्दकुमारी मगर, कृपा फ्रि मेथोडिष्ट…
झापा । हिमालय टिभीमा प्रसारण हुँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शोको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी बनेकी छन्। शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गर्दै उनले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि उचालेकी हुन्। फिनालेमा कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए। त्यसैगरी, कोच प्रमोद खरेलका प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता बनिन् भने कोच ःमेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता घोषित भइन्। फिनाले समारोहमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तथा उपविजेतालाई पुरस्कार…
झापा । विश्वका सबैभन्दा धनी व्यक्ति तथा स्पेसएक्सका संस्थापक एलन मस्कले मंगल ग्रहभन्दा अघि चन्द्रमामा मानव बस्ती बसाल्ने योजना सार्वजनिक गरेका छन्। आगामी १० वर्षभित्र चन्द्रमामा आफैँ विस्तार हुँदै जाने ‘सेल्फ ग्रोइङ सिटी’ स्थापना गर्ने लक्ष्य राखिएको मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिएका हुन्। मस्कका अनुसार स्पेसएक्सको दीर्घकालीन उद्देश्य मानव जीवनलाई पृथ्वीबाहिर विस्तार गर्नु हो। तर रणनीतिक र प्राविधिक कारणले मंगलभन्दा चन्द्रमालाई पहिलो प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्। उनका अनुसार चन्द्रमामा पुग्न केवल दुई दिन लाग्छ र हरेक १० दिनमा प्रक्षेपण सम्भव हुन्छ। मंगल ग्रहका लागि भने प्रक्षेपणको अवसर हरेक २६ महिनामा एक पटक मात्र मिल्ने र…
१६ माघ २०८२, शुक्रबार. झापा। झापाको बिर्तामोडमा सातौँ संस्करणको झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २४ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने छ। आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। प्रतियोगितामा नेपाल,…
झापा, पुस २७। मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो। रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ। उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना…
३१ आश्विन २०८२, शुक्रबार, काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका…
११ आश्विन २०८२, शनिबार, झापा । नेत्रहीन संघ झापाको १९औं साधारण सभा, बडादशैं शुभकामना आदानप्रदान तथा चियापान समारोह शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । संघको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुखको नगेन्द्र प्रसाद संरौला प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेत्रहीन समुदायको हकहित, अधिकार र आगामी योजनासम्बन्धी विभिन्न विषयमा छलफल गरेका थिए , उपप्रमुख संरौलाले २० हजार नगद समेत सहयोग गरेकाथिय तेस्तै अन्या संगसंस्थाबाट पनि अफिसियली स्टेसनरि लगायत विभिन्न सामग्रि सहयोग प्रदान गरेका थिय सो अवसरमा बडादशैं तथा शुभदिपावलि र छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । साथै, संस्थाले अघिल्लो…
२२ भाद्र २०८२, काठमाडौँ। नेपाल सरकारले भदौ १९ गतेदेखि सूचीकरणमा नपरेका फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइनसहित दर्जनौँ सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले सामाजिक सञ्जाल बन्द हुँदा सहज सञ्चारमा अवरोध भएको र यसले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको पहुँच, विद्यार्थीको अध्ययन–अनुसन्धान र अन्वेषणमा गम्भीर असर पारेको उल्लेख गरेका छन्। विद्यार्थी संगठनहरूले हाल करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमा आधारित रहेर बजार विस्तार र ग्राहक सम्पर्क गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै प्रतिबन्धका कारण रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने…
झापा । ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। फिनाले शनिबार सम्पन्न भयो, जहाँ उनले सर्वाधिक भोट प्राप्त गरी १० लाख रुपैयाँ नगद र अन्य पुरस्कारहरू हात पारिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतको अतिथिले पुरस्कार प्रदान गरे । कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।
झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा आयोजना गरिने भएको छ। आज बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक तथा नेवा देय दबु कोशी प्रदेशका पूर्वअध्यक्ष इन्द्रकुमार श्रेष्ठले उक्त जानकारी दिनुभयो। श्रेष्ठका अनुसार लाखे गाईजात्रा कार्यक्रम नेवा देय दबु जिल्ला समिति झापा र सह-आयोजक नेवा मिसा दबु झापाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न विभिन्न ऐतिहासिक नृत्य, गजल तथा मुक्तक प्रतियोगितासमेत राखिने भएको छ। कार्यक्रममा सहभागी विजयीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा झापाका साथै…