Skip to main content

नयाँ तृष्णा

मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन सम्पन्न, आठ जना ज्येष्ठ एकल आमाहरू सम्मानित

[adsforwp id="2511"]

 

८ फाल्गुन २०८२, शुक्रबार,

मेचीनगर। कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा मिति २०८२ साल फागुन ६ र ७ गते दुई दिने मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
“बुढापाकाका सम्मानमा उठ, र वृद्ध मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय मान; म परमप्रभु हुँ।” (लेवी १९:३२) भन्ने मूल सन्देशका साथ आयोजना गरिएको सम्मेलनमा ज्येष्ठ आमाहरूलाई विशेष सम्मान गरिएको थियो। १ तिमोथी ५:९ को सन्दर्भअनुसार आठ जना ज्येष्ठ एकल आमाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मानित हुनेहरूमा:
प्रेसविटेरियन चर्च इटाभट्टा की ७० वर्षीया नाओमी खड्का,
कर्नर स्टोन चर्च बर्मेली टोल की ७२ वर्षीया नन्दकुमारी मगर,
कृपा फ्रि मेथोडिष्ट चर्च की ८० वर्षीया फिवी मुखिया,
लिटल फ्लक चर्च टोकला बगान की ७५ वर्षीया जस्मिन उराव,
हेसेड चर्च धुलाबारी की ७० वर्षीया चागुनी बानियाँ,
क्वाइनोनिया दिव्यशान्ति चर्च पुरानो भन्सार की ७० वर्षीया कमलावती पौडेल, नेपाल ख्रीष्टियन रिभाइबल चर्च खयरडाँगी की ८० वर्षीया गंगामाया मगर, सृष्टि चर्च चियाबगान आमडाँगी की ७० वर्षीया दुलारी उराँव छिन् ।

सम्मेलनमा वक्ता पास्टर जेसी अल्मोडियाले लूका सुसमाचार १०:३८–४१ अनुसार मरियम र मार्थाको प्रसंगबाट वचन प्रचार गर्नुभयो। उहाँले दैनिक व्यस्तता र सेवाभावबीच पनि प्रभुको चरणमा बसेर वचन सुन्ने “असल भाग” छान्नुपर्ने कुरामा जोड दिनुभयो। जीवनमा आत्मिक प्राथमिकता निर्धारण गर्न, प्रार्थना र वचन अध्ययनलाई पहिलो स्थान दिन उहाँले दिदीबहिनीहरूलाई प्रेरित गर्नुभयो।

त्यसैगरी अर्की वक्ता सोफिया परियारले परमेश्वरलाई “हे मेरा पिता, हे मेरा अब्बा” भनेर पुकार्ने आत्मिक पहिचानबारे शिक्षा दिनुभयो। आत्माले स्वीकारेर र मुखले स्वीकार गरेर परमेश्वरलाई पिता मान्दा हामी उहाँका छोरा–छोरी हुने हक अधिकार पाउने कुरा उहाँले स्पष्ट पार्नुभयो।

उहाँले एस्तरको पुस्तक २:१५ र २:१७ अनुसार एस्तरको जीवनबाट उदाहरण प्रस्तुत गर्नुभयो। एस्तरले मर्दकैलाई पिता समान पाएर एक परिवारको संरक्षण र साथ पाइन्, र परमेश्वरको निगाहअनुसार उच्च स्थानमा स्थापित भइन्।

यस उदाहरणमार्फत परमेश्वरको अनुग्रह र पहिचानले जीवन परिवर्तन गर्न सक्छ भन्ने सन्देश सहभागीहरूलाई दिनुभयो।
दुई दिने सम्मेलनमा मेची इलाका ईसाई समाज दिदीबहिनी संगतिकी अध्यक्ष दिलु मुखियाको अध्यक्षता रहेको थियो।

कार्यक्रम सञ्चालन मिना तामाङ, सृजना राई, गीता कार्की ढोली, गुरुआमा लिली तामाङ र बन्दना तामाङले गर्नुभएको थियो।


सम्मेलनले ज्येष्ठ आमाहरूको सम्मानसँगै आत्मिक जागरण, एकता र परमेश्वरप्रतिको समर्पणको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...