Skip to main content

नयाँ तृष्णा

बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

[adsforwp id="2511"]

  झापा। झापाको बिर्तामोडमा सातौँ संस्करणको झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २४ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने छ।

आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी ११ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा आयोजक झापा–११, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी, लालिगुराँस एसोसिएसन, नेपाल पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिङ्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहेका छन्। प्रतियोगिताको अवसरमा झापा जिल्लाका एक जना पुराना खेलाडीलाई नगदसहित सम्मान गरिने छ। साथै डोमालाल राजवंशी रंगशालाको जग्गादातालाई पनि उद्घाटनको दिन नगदसहित सम्मान गरिने जानकारी आयोजकले दिएको छ। बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगिताको कुल लागत १ करोड ५० लाख रुपैयाँ रहेको छ। प्रतियोगिता झापा गोल्ड कपका पूर्वअध्यक्ष स्व. विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको हो। प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालि रहेको छ भने कम्पनीको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ मुख्य प्रायोजकका रूपमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...