नयाँ तृष्णा

सोमबारदेखि मेचीडाँगीमा सांस्कृतिक तथा पर्यटन महोत्सव

सोमबारदेखि मेचीडाँगीमा सांस्कृतिक तथा पर्यटन महोत्सव

सोमबारदेखि मेचीडाँगीमा सांस्कृतिक तथा पर्यटन महोत्सव

१८ माघ, मेचीनगर । ग्राभिण भेगका युवाहरुको एक समूहले धार्मिक तथा पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्ने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताएका छन् । मेचीनगर–१ स्थित मेचीडाँगीमा ग्लोबल मेची युथ क्लबले यही माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म ‘ग्लोबल मेचीडाँगी सांस्कृतिक तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको बताएका हुन् । ग्लोबल मेची युथ क्लबका अध्यक्ष खेमराज पुरीले आज आयोजित पत्रकार सम्मेलनमा कुलतमा फसेका युवाहरुलाई सचेतना, पिछडिएका युवाहरुलाई शिक्षा, धार्मिक पर्यटन क्षेत्रको विकास, स्वास्थ्य शिविर, स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरण लगायत विषयमा पन्ध्रदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए । महोत्सवमा स्थानीय उत्पादनहरु च्याउ, कोला, दुधजन्य पदार्थका परिकारहरुको…
Read More
अबरोधको बावजूद आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न

अबरोधको बावजूद आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न

३ माघ, झापा । आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी उपमहासचिव नरेश क्षितिजले राख्नु भएको थियो। कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जेन्टल लावतीले हामी निरन्तर रूपमा आन्दोलित छौं र वृहत एकता गरेर पार्टी निर्माणमा लागेको छौं ।अब तोडेर,फोडेर आन्दोलन गरेर मात्र हुँदैन रहेछ त्येसैले हामी तल्लो स्टार सम्म पार्टी निर्माणमा लागेको छौं।तपाईहरु…
Read More
लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।  
Read More
निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढेको छ । यस्तो छ मुल्यसुची:
Read More
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी संशोधन अध्यादेश जारी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । यसअघि यही सोमबार राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार विभिन्न चारवटा विधेयक जारी गरेका थिए । तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्यय गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् । यसअघि सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा…
Read More
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका  रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतवार देखी सुरू भएको बहस पछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिएकाे हाे ।…
Read More
झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

बिर्तामोड । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् । पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन…
Read More
लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

१ माघ, काठमाडौं । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा विनासकारी आगलागीमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ । समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो । बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुसहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिव पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति…
Read More
माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीकाे घोषणा

माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीकाे घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध…
Read More
झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

Share झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि…
Read More