Skip to main content

नयाँ तृष्णा

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी संशोधन अध्यादेश जारी

[adsforwp id="2511"]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । यसअघि यही सोमबार राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार विभिन्न चारवटा विधेयक जारी गरेका थिए ।

तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्यय गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् ।

यसअघि सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन०, अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...