नयाँ तृष्णा

माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीकाे घोषणा

Advertisement

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन ।

प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन ।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगाययत स्थल पुगेका थिए ।  प्रधानमन्त्री ओलीले त्यहाँस्थित प्रभावित महिला, बालबालिका र विद्यार्थीले गौरवबोध गरेको जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभि...
चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

२९ फाल्गुन, काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको ...
मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर । मच्छिन्द्र फुटबल क्लब र एपीएफ मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार (आज) प्रतिष्पर्धा ...
आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

२६ फाल्गुन, काँकरभिट्ट । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी स...