नयाँ तृष्णा

अबरोधको बावजूद आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न

Advertisement

झापा । आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी उपमहासचिव नरेश क्षितिजले राख्नु भएको थियो।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जेन्टल लावतीले हामी निरन्तर रूपमा आन्दोलित छौं र वृहत एकता गरेर पार्टी निर्माणमा लागेको छौं ।अब तोडेर,फोडेर आन्दोलन गरेर मात्र हुँदैन रहेछ त्येसैले हामी तल्लो स्टार सम्म पार्टी निर्माणमा लागेको छौं।तपाईहरु पनी आउनुभएको छ हाम्रो मुद्दा मिल्ने कुरामा एक भएर मोर्चाबन्दी गरेर अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा तारा लामागदेले यो पार्टी पनि हिजाे कै जस्तो निर्वाचनमा जित्ने अनि जाने हराउने तालकै हुनुभएन। यसले धार्मिक,अल्पसंख्यकहरुको विषयमा खरो रूपले आवाज सदन सडक मै उठाउनुपर्यो अनि मात्र परिवर्तन सम्भव हुने बताउनु भयो।

कार्यक्रमका प्रमुख वक्ता तथा विशिष्ट अतिथि शमूएल संग्राम राईले अब ख्रिष्टियनहरु पनि एक ठाउँमा आउँदैछन् वा भनौं पार्टी खोले भन्ने खाले समाचार त हप्ता दिन अगाडि नै पढेको हो। मलाई धेरै खुसी लाग्यो पढ्दा आज कार्यक्रममै बोलाउनु भयो त्यसको लागी धन्यवाद आयोजक पार्टीलाई।
अब दोश्रो कुरा मैले भन्नै पर्छ उत्पिडित धार्मिक, अल्पसंख्यकहरुको पक्षमा डटेर लाग्नुहोस् म तपाईहरुको साथमा छु।तर फेरि पनि म पार्टी मै लागेर चाहिँ तपाईहरुलाई सघाउन सक्दिन तर मैले भन्नुपर्ने,गर्दिनुपर्ने काम चाहिँ गर्दिन्छु।अब ८४मा तपाइहरु निर्वाचनमा जानुहोस् जित्नुहोस सदनमा थर्काउनु होस। म सदैब तपाईंहरूको लागी प्रार्थना गर्दिन्छु।मेरो भन्नु यति नै हो आजकाहरुले जस्तो नगर्नुहोला तपाईंहरूले जित्नु भयो भने, म सदैब तपाइहरु संग छु भन्ने आफ्नो सान्दर्भिक भनाइ राख्नु भएको थियो ।

पार्टी अध्यक्ष दलमर्दन कामीले आज हाम्रो कार्यक्र बिथोल्न धेरै जनाले धेरै प्रयासहरू गर्नु भयो तर पनि हामीलाई विश्वास गरेर विभिन्न जिल्लाहरूबाट प्रतिनिधी साथीहरु आउनुभएको छ यहाँहरुलाई धन्यबाद दिनु चाहान्छु।आज बन्ने तदर्थ समितिलाई पनि अग्रिम शुभकामना तथा कार्यसफलताको शुभकामना भन्न चाहन्छु। हाम्रो पार्टीले हिजोको पार्टीहरुले जस्तो धोखा ढडी नगर्नेमा बिश्वस्त रहन पनि म अनुरोध गर्न चाहान्छु।हामीले उत्पिडनमा परेको जाती, धार्मिक, जातीय अल्पसंख्यकहरुको बारेमा वकलत गर्नेछौं।८४मा हामीलाई मतदान दिनुहोस् तपाईहरुलाई सम्मान अधिकारको प्रतिभुती हामी गराउँछौं।अन्त्यमा उपस्थीत भइ दिनुभयो धन्यबाद यहाँहरुलाई मेरो धेरै भन्नु केही छैन हामीलाई विश्वास गरेर १ मत दिन मात्र अनुरोध गर्दछु।यो आफूहरुको मात्र नभएर सबैको साझा पार्टी भएको बताउनुभयो।

१.नं. प्रदेश तदर्थ समितिको नामावली:-

संयोजक:- देवेन्द्र कुमार लिम्बू(डिके)
सह-संयोजक:- निमा तामाङ
सचिव:- लल बहादुर मगर
सदस्य:-
ओवेद चौधरी
रोशन सेन्चुरी
ललिता मोची
धनराज राई
देवेन्द्र खत्री
चम्फा कार्की
सृजना सिलवाल
सरिता थापा मगर
पावल धिमाल
दिल बहादुर नेपाली
सिद्धि चौधरी
वकील दर्जी

कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष दल मर्दन कामीले गर्नु भएको थियो भने पार्टीका वरिष्ठ नेता कमला हेम्चुरी, डा. शम्युल संग्राम राईको विशिष्ट अतिथि र पार्टी उपाध्यक्ष बलराम विश्वकर्मा, नेपाल ख्रिष्टियन पत्रकार संघको केन्द्रिय अध्यक्ष तारा लामगादे, पहिचानबादी मोर्चाका नेता जेन्टल लावती, नेपाल जनमुक्ति पार्टीको उपमहासचिव बिष्णु थामदेन,पार्टी उपमहासचिव श्याम बहादुर राई, नरेश क्षितिज,कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बू,सचिव शशी कुमार वि. क, डीवि तामाङ को आतिथ्य रहेको थियो।

कार्यक्रम पार्टी सचिव निमा तामाङले सञ्चालन गर्नु भएक थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध गर्दै उन...
अमेरिका–इरान तनाव पुनः उत्कर्षमा

अमेरिका–इरान तनाव पुनः उत्कर्षमा

२९ बैशाख २०८३, मंगलवार, काठमाडौं । अमेरिका र इरानबीचको कूटनीतिक तनाव पुनः तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य...
ज्ञानेन्द्र शाहीको प्रश्न : यो सरकार हो कि आतङ्कवादी ?

ज्ञानेन्द्र शाहीको प्रश्न : यो सरकार हो कि आतङ्कवादी ?

  काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएक...
मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

२८ वैशाख, काँकरभिट्टा । मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आजदेख...