नयाँ तृष्णा

झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

Advertisement

बिर्तामोड । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् ।

झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो ।

उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् ।

पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।

धुलाबारी माविमा अध्ययन गर्ने रियाले अन्तरे काका अर्थात गणेशविक्रम नेम्वाङबाट क्रिकेटमा ब्याट र बल समात्न सिकेकी हुन् । उनकै छत्रछायाँमा क्रिकेट बुझेकी रिया पछि काँकरभिट्टामा बिरु श्रेष्ठसँग प्रशिक्षण लिइन् ।

धुलाबारीकै अग्रज क्रिकेट खेलाडी प्रेम सिंह, शिबु राजवंशीबाट गाइड पाएकी रियाले सुरुमा नेम्वाङ र पछि श्रेष्ठको प्रशिक्षण पाएर अन्डर १९ टिममा स्थान बनाएकी युवा क्रिकेटर अंकित सुवेदीले झापा टुडेलाई जानकारी दिए ।

उनी सन्दीप लामिछानेको लेगस्पिन बलिङबाट प्रभावित भएको बताउँछिन् ।

नेपाली अन्डर–१९ महिला क्रिकेट टोली ऐतिहासिक विश्वकपमा सहभागी हुनका लागि मलेसिया पुगिसकेको छ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने अन्डर–१९ महिला टि–२० विश्वकपमा १६ टिमको सहभागिता छ ।

चार समूहमा गरी १६ टिम सहभागी हुने विश्वकपमा नेपाल समूह डि मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँगै छ ।
नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । त्यस्तै, जनवरी २० मा स्कटल्यान्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकप खेल्नका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसिया गएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन छन् भने प्रशिक्षकमा महेशप्रसाद रिजाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभि...
चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

२९ फाल्गुन, काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको ...
मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर । मच्छिन्द्र फुटबल क्लब र एपीएफ मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार (आज) प्रतिष्पर्धा ...
आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

२६ फाल्गुन, काँकरभिट्ट । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी स...