Skip to main content

नयाँ तृष्णा

लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

[adsforwp id="2511"]

काठमाडौं । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा विनासकारी आगलागीमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ ।

समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो ।

बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुसहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिव पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हामीले दीप प्रज्वलन गरेका हौँ ।” यसैगरी मृतकहरु प्रति एक मिनेट मौन धारण समेत गरिएको थियो । आजको उक्त दीप प्रज्वलन कार्यक्रम मार्फत त्यहाँको आगलागि चाडो नियन्त्रणमा आवस भन्दै आफुहरुले कामना समेत गरेको उहाँको भनाई थियो ।

उक्त आगलागि अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । आगलागीका कारण अहिलेसम्म दजर्नौको मृत्यु भइसकेको र सोही सङ्ख्यामा बेपत्ता भएका जनाइएको छ । आगो अझै पलिसेडेस, इटन र हस्र्ट क्षेत्रमा फैलिरहेको जनाएको छ ।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । त्यहाँको आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको र १४ प्रतिशत मात्रै आगो नियन्त्रणमा आउन सकेको छ ।

आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको र अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रमा आगो बलिरहेको बताइएको छ ।

न्युज अफ नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

मेचनिगर । जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले राधाकृष्ण अधिकारीको अध्यक्षतामा नौ ...

पत्रकारमाथि धरपकड गर्नेमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दो...
काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...