Skip to main content

नयाँ तृष्णा

लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

Advertisement

काठमाडौं । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा विनासकारी आगलागीमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ ।

समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो ।

बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुसहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिव पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हामीले दीप प्रज्वलन गरेका हौँ ।” यसैगरी मृतकहरु प्रति एक मिनेट मौन धारण समेत गरिएको थियो । आजको उक्त दीप प्रज्वलन कार्यक्रम मार्फत त्यहाँको आगलागि चाडो नियन्त्रणमा आवस भन्दै आफुहरुले कामना समेत गरेको उहाँको भनाई थियो ।

उक्त आगलागि अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । आगलागीका कारण अहिलेसम्म दजर्नौको मृत्यु भइसकेको र सोही सङ्ख्यामा बेपत्ता भएका जनाइएको छ । आगो अझै पलिसेडेस, इटन र हस्र्ट क्षेत्रमा फैलिरहेको जनाएको छ ।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । त्यहाँको आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको र १४ प्रतिशत मात्रै आगो नियन्त्रणमा आउन सकेको छ ।

आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको र अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रमा आगो बलिरहेको बताइएको छ ।

न्युज अफ नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...
कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती ...