Skip to main content

नयाँ तृष्णा

सोमबारदेखि मेचीडाँगीमा सांस्कृतिक तथा पर्यटन महोत्सव

Advertisement

१८ माघ,

मेचीनगर । ग्राभिण भेगका युवाहरुको एक समूहले धार्मिक तथा पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्ने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताएका छन् ।

मेचीनगर–१ स्थित मेचीडाँगीमा ग्लोबल मेची युथ क्लबले यही माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म ‘ग्लोबल मेचीडाँगी सांस्कृतिक तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको बताएका हुन् ।

ग्लोबल मेची युथ क्लबका अध्यक्ष खेमराज पुरीले आज आयोजित पत्रकार सम्मेलनमा कुलतमा फसेका युवाहरुलाई सचेतना, पिछडिएका युवाहरुलाई शिक्षा, धार्मिक पर्यटन क्षेत्रको विकास, स्वास्थ्य शिविर, स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरण लगायत विषयमा पन्ध्रदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए ।

महोत्सवमा स्थानीय उत्पादनहरु च्याउ, कोला, दुधजन्य पदार्थका परिकारहरुको बजारीकरण र प्रर्वद्धनका लागि टेवा पुग्ने उदेश्य लिएको क्लबका सहसचिव पवन प्रधानको भनाई छ । विभिन्न उत्पादन र वस्तुहरुका २१ वटा स्टल रहने महोत्सवमा बालबालिकाका विभिन्न मनोरञ्जनका सामग्री, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने अध्यक्ष पुरीले बताए ।

भारत र इलामको सीमानामा रहेको वडा नम्बर १ को मेचीडाँगी धार्मिक तथा पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र हो । ग्राभिण भेगमा रहेको यो ठाउँको प्रर्वद्धन र विकासका लागि यसपटक युवाहरु उत्साहित भएका छन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विश्वमा परिचित कृष्णथुम्की मन्दिर, मिनी माउन्टेन, ४९ धारा पनि यसै क्षेत्रमा पर्दछ ।

कृष्णथुम्की मन्दिर विकास समितिका पूर्व अध्यक्ष समेत रहेका महोत्सवका सल्लाहकार महेन्द्र मल्लले लागूऔषध, विकृति र विसंगतीमा फसेका युवाहरुलाई सही बाटोमा ल्याउन, यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र पहिचानका लागि सबैको साथ सहयोग भएमा महोत्सव फलदायी हुने विश्वास लिएको बताए ।

महोत्सवमा राष्ट्रिय कलाकार आउँदा बाहेक प्रवेश शुल्क निःशुल्क हुनेछ । राष्ट्रिय कलाकार आउँदा सोही अनुसारको रु.१५० देखि २०० रुपैयाँसम्म टिकटको शुल्क लाग्ने आयोजकले जनाएको छ ।

सामाजिक क्रियाकलापमा सक्रिय क्लबले यसअघि मेचीडाँगीमा भव्य सांस्कृतिक कार्यक्रम गरेर चर्चा पाएको थियो । १५ दिनका लागि जिल्ला प्रशासन कार्यालय, वडा र नगरपालिकाबाट अनुमति लिएको महोत्सवको २१ गते उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...