नयाँ तृष्णा

सोमबारदेखि मेचीडाँगीमा सांस्कृतिक तथा पर्यटन महोत्सव

Advertisement

१८ माघ,

मेचीनगर । ग्राभिण भेगका युवाहरुको एक समूहले धार्मिक तथा पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्ने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताएका छन् ।

मेचीनगर–१ स्थित मेचीडाँगीमा ग्लोबल मेची युथ क्लबले यही माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म ‘ग्लोबल मेचीडाँगी सांस्कृतिक तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको बताएका हुन् ।

ग्लोबल मेची युथ क्लबका अध्यक्ष खेमराज पुरीले आज आयोजित पत्रकार सम्मेलनमा कुलतमा फसेका युवाहरुलाई सचेतना, पिछडिएका युवाहरुलाई शिक्षा, धार्मिक पर्यटन क्षेत्रको विकास, स्वास्थ्य शिविर, स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरण लगायत विषयमा पन्ध्रदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए ।

महोत्सवमा स्थानीय उत्पादनहरु च्याउ, कोला, दुधजन्य पदार्थका परिकारहरुको बजारीकरण र प्रर्वद्धनका लागि टेवा पुग्ने उदेश्य लिएको क्लबका सहसचिव पवन प्रधानको भनाई छ । विभिन्न उत्पादन र वस्तुहरुका २१ वटा स्टल रहने महोत्सवमा बालबालिकाका विभिन्न मनोरञ्जनका सामग्री, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने अध्यक्ष पुरीले बताए ।

भारत र इलामको सीमानामा रहेको वडा नम्बर १ को मेचीडाँगी धार्मिक तथा पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र हो । ग्राभिण भेगमा रहेको यो ठाउँको प्रर्वद्धन र विकासका लागि यसपटक युवाहरु उत्साहित भएका छन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विश्वमा परिचित कृष्णथुम्की मन्दिर, मिनी माउन्टेन, ४९ धारा पनि यसै क्षेत्रमा पर्दछ ।

कृष्णथुम्की मन्दिर विकास समितिका पूर्व अध्यक्ष समेत रहेका महोत्सवका सल्लाहकार महेन्द्र मल्लले लागूऔषध, विकृति र विसंगतीमा फसेका युवाहरुलाई सही बाटोमा ल्याउन, यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र पहिचानका लागि सबैको साथ सहयोग भएमा महोत्सव फलदायी हुने विश्वास लिएको बताए ।

महोत्सवमा राष्ट्रिय कलाकार आउँदा बाहेक प्रवेश शुल्क निःशुल्क हुनेछ । राष्ट्रिय कलाकार आउँदा सोही अनुसारको रु.१५० देखि २०० रुपैयाँसम्म टिकटको शुल्क लाग्ने आयोजकले जनाएको छ ।

सामाजिक क्रियाकलापमा सक्रिय क्लबले यसअघि मेचीडाँगीमा भव्य सांस्कृतिक कार्यक्रम गरेर चर्चा पाएको थियो । १५ दिनका लागि जिल्ला प्रशासन कार्यालय, वडा र नगरपालिकाबाट अनुमति लिएको महोत्सवको २१ गते उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...