नयाँ तृष्णा

११ औं बार्षिक साधारण सभा मनाए कृपा फ्रि मेथोडिस्ट चर्चले, दुइ बर्षे परिषद गठन

११ औं बार्षिक साधारण सभा मनाए कृपा फ्रि मेथोडिस्ट चर्चले, दुइ बर्षे परिषद गठन

११ औं बार्षिक साधारण सभा मनाए कृपा फ्रि मेथोडिस्ट चर्चले, दुइ बर्षे परिषद गठन

मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काँकरभिट्टाको आफ्नै चर्च भवनमा ११ औं बार्षिक साधारण सभाले रेभ शमूएल तामाङको अध्यक्षतामा २ पदेन सदस्यसहित १६ सदस्यीय परिषद गठन भएको हो । कृपा फ्रि मेथोडिस्ट चर्च परिषदको सचिवमा डिकन होमराज राई, कोषाध्यक्ष डिकन डि वी राना चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा डिकन रेखा पुन, गुरुआमा लिली तामाङ, रुथ सुब्बा, कला राई, सन बहादुर थापा, रन्जना सुजी, शुसिला तामाङ, दिना तामाङ, उमेश लामा, अर्जुन मुखिया र बिकास गुरुङ  गठन भएका छन् भने पदेन सदस्यमा आमा दिदीबहिनी संगतीका अध्यक्ष दिलु मुखिया र जवान…
Read More
बुटवलमा बाइक पड्काउँदै हिँड्ने ११ जना कारबाहीमा

बुटवलमा बाइक पड्काउँदै हिँड्ने ११ जना कारबाहीमा

२६ पुष, बुटवल । सवारी साधनको आवाज र मोडल नै मोडिफाएर गरी  समाजमा ध्वनि प्रदूषण गराउनेमाथि ट्राफिक प्रहरी कार्यालय बुटवलले कारबाही अभियान चलाएको छ । मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यलयका प्रमुख, श्यामबहादुर खत्रीले बताए । ‘चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटर साइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने लगायतका गतिविधिमा संलग्नलाई कारबाही अभियान अघि बढाएका छौं ।’–प्रहरी उपरीक्षक खत्रीले भने, ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा…
Read More
काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

२४ पुस, मेचीनगर । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो देखिने वस्तु बरामद गरेको हो । प्रहरीका अनुसार इनटेक्स लेखिएको कार्टुनभित्र १८.६ इन्च सतह गोलाइ, ८.६ इन्च उचाइ, १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु रहेको छ । त्यस्तै प्रहरीले रामधामबाट प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो…
Read More
चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

२४ पुष, बुधबार, काठमाडौं । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् । केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो । मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ । भूकम्पका कारण…
Read More
जागृत बाल उद्धार केन्द्र नेपाललाई खाद्यन्न सामग्री वितरण

जागृत बाल उद्धार केन्द्र नेपाललाई खाद्यन्न सामग्री वितरण

२२ पुष २०८१, सोमबार मेचीनगर । झापाको मेचीनगरमा रहेको जागृत बाल उद्धार केन्द्र नेपाललाई कृपा फ्रि मेथोडिस्ट चर्चद्धारा खाद्यन्न सामग्री वितरण गरेको छ । केन्द्रमा कुल १३ जना बालबालिका आश्रित छन् । चर्चले प्रदान गरेको राहत सामाग्री चामल ९० केजी,तेल १० लिटर,दाल ५ केजी, चिनी ५ केजी,चिया रंग १ केजी, र मिठाइ २० पकेट गरि १५ हजार ९६० बराबरको राहत केन्द्रका सञ्चालक समितिका अध्यक्ष अम्बर बिष्टले ग्रहण गरेका थिए । अध्यक्ष बिष्टले बालबालिकाप्रति वास्तागरी देखाउनु भएकोे प्रेमकोे कदर गर्दै सहयोगी हातहरुलाई धन्यवाद दिइएका थिए । चर्चका रेभ पास्टर शमूएल तामाङले भन्नुभयो, बाइबल धर्मशास्त्रले अनाथ र बिधुवालाई हेर्नु भनेर लेखिएको बचन…
Read More
झापा जिल्ला ईसाई समाजको नयाँ नेतृत्वमा पास्टर डम्बरबहादुर विश्वकर्मा, ११ सदस्यीय कार्यसमिति गठन

झापा जिल्ला ईसाई समाजको नयाँ नेतृत्वमा पास्टर डम्बरबहादुर विश्वकर्मा, ११ सदस्यीय कार्यसमिति गठन

तरुण राई, पौष २२ गते, मेचीनगर । झापा जिल्ला ईसाई समाजको ऐतिहासिक प्रतिनिधि सम्मेलन सोमबार दमक-५ स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। सम्मेलनले समाजको नयाँ नेतृत्व चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ। सो प्रतिनिधि भेला ज्योति मण्डली दमकका रेभ. एन. डी. थुलुङ्गको अध्यक्षतामा र प्रदेश इसाई समाजका उपध्यक्ष पा. आकाश थुलुङको प्रमुख अथितिमा सम्पन्न भयो । झापा जिल्ला इसाई समाजका पूर्व अध्यक्ष एल्डर रमेश गुरुङ्गद्धारा परमेश्वरलाई धन्यबाद दिँदै शुरुको प्रार्थना सहित शुरुको गरिएको सो प्रतिनिधि भेलामाका संचालन निर्वाचन समिति २०८१का सदस्य पा. जगन नाथ पौडेलले गर्नुभयो। रेभ. पा. दनियल सुब्बाद्धारा पबित्र धर्मशास्त्र बाईबलको फिलिपी २: १-३ बाट समाज…
Read More
मुक्कुमलुङ आन्दाेलनमा पक्राउ परेकाहरुकाे रिहाइकाे माग गर्दै आन्दाेलनमा

मुक्कुमलुङ आन्दाेलनमा पक्राउ परेकाहरुकाे रिहाइकाे माग गर्दै आन्दाेलनमा

गिरफ्तार भएका मुक्कुमलुङ संस्करणकारीहरुको रिहाइकाे माग गर्दै आन्दाेलनमा उत्रेको छ । आज आज बिर्तामेड र काठमाडौंमा आयोजित र्यालीगरी कोणसभामा पाथीभरा नामकरण गरी मुक्कुमलुङको अस्तित्व नामेट पारी उपनिवेश लागू गर्न खोजिएको उनीहरुको भनाइ थियो । मुक्कुमलुङ क्षेत्र भनेको मुन्धुमी,सांस्कृतिक आध्यात्मिक आस्थाका स्थल हो । यो आस्थाको स्थलमा बिश्वास राख्ने पबित्र आस्थाको मूल्य र मान्यताको आधारमा सो क्षेत्रमा वातावरण, पार्यावरण आध्यात्मिक आस्थाको पबित्र स्थललाई प्रतिकुल प्रभाव पार्ने ठूलो संरचना निर्माणसहित कुनैपनि प्रकारको सरकारी तथा गैर–सरकारी मानवीय गतिबिधि गर्न नमिल्ने बताए ।
Read More
भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह, टावररहित मोबाइल सेवा

भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह, टावररहित मोबाइल सेवा

१९ पुष, नयाँ दिल्ली ।   भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउने वाला पनि छ। इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ। विशेष कुरा यो…
Read More
घाँस–दाउरा लिन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

घाँस–दाउरा लिन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

१७ पुस , झापा । जंगलमा घाँस र दाउरा काट्न गएका समूहकी मध्ये एकजना महिलालाई हात्तीले लखेटेर आक्रमण गर्दा मृत्यु भएको छ । कचनकबल गाउँपालिका–७ स्थित दिपज्योति सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका १५÷२० जनाको समूह मध्येकी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशीलाई आज मध्यान्न १२ वजे जंगली हात्तीले लखेटेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई हात्तीले लखेटेर खेदाएको बनियानी प्रहरीमा जानकारी हुनासाथ खोजी गर्दा दिउँसो साढे ४ वजे वनमा घाइते अवस्थामा फेला परेको प्रहरीको भनाई छ । वनदेखि बनियानीको ९ किलोमिटर पश्चिम उत्तरमा राजबंशीलाई घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनियानीको टोलीले जनाएको छ । घाइते…
Read More
आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे  बैठक

आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक

  झापा । आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक आज पार्टी कार्यालय बल्खुमा बसेको छ। सचिवालय बैठक पार्टी उपमहासचिव नरेश क्षीतिजले सञ्चालन गर्नु भएको थियो भने पार्टी अध्यक्ष दल मर्दन कामीको अध्यक्षता,विशेष उपस्थिती पार्टीका अध्यक्ष भरत गिरी,विशेष अतिथी पार्टीका सल्लाहकार डा. ऋषि रिमाल साथै वरिष्ठ नेता कमला हेमचुरी सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा सचिवालय बैठक सम्पन्न भएको छ। ृ उक्त सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ। निर्णयहरु:- बागमति,लुम्बिनी तथा क र्णाली प्रदेशका ईन्चार्ज तथा सहईन्चार्जहरुबाट अहिलेसम्म भएका कार्य प्रगति तथा सम्भावना र चुनाैती लगायत विषयहरु सहितकाे रिपोर्टिङ प्रस्तुत गरिएको थियो। कार्यालय ब्यवस्थापन लगायत कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम आगामी पाैष २५ गते…
Read More