Skip to main content

नयाँ तृष्णा

झापा जिल्ला ईसाई समाजको नयाँ नेतृत्वमा पास्टर डम्बरबहादुर विश्वकर्मा, ११ सदस्यीय कार्यसमिति गठन

Advertisement

तरुण राई,

पौष २२ गते,

मेचीनगर । झापा जिल्ला ईसाई समाजको ऐतिहासिक प्रतिनिधि सम्मेलन सोमबार दमक-५ स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। सम्मेलनले समाजको नयाँ नेतृत्व चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।

सो प्रतिनिधि भेला ज्योति मण्डली दमकका रेभ. एन. डी. थुलुङ्गको अध्यक्षतामा र प्रदेश इसाई समाजका उपध्यक्ष पा. आकाश थुलुङको प्रमुख अथितिमा सम्पन्न भयो ।

झापा जिल्ला इसाई समाजका पूर्व अध्यक्ष एल्डर रमेश गुरुङ्गद्धारा परमेश्वरलाई धन्यबाद दिँदै शुरुको प्रार्थना सहित शुरुको गरिएको सो प्रतिनिधि भेलामाका संचालन निर्वाचन समिति २०८१का सदस्य पा. जगन नाथ पौडेलले गर्नुभयो। रेभ. पा. दनियल सुब्बाद्धारा पबित्र धर्मशास्त्र बाईबलको फिलिपी २: १-३ बाट समाज र यसको महोत्योबारे शिक्षा दिनुभयो।

दोस्रो सत्रको बन्द सत्रमा प्रतिनिधि भेलामा उपध्यक्षमा पा. लाल बहादुर दाहाल, सचिवमा एल्डर तारा प्रसाद दाहाल, स-सचिवमा धन कुमार बेघा, सदस्यहरुमा सिता पोख्रेल, पदम पुलामी, काजिमान पन्धक, गंगा प्रसाद आङ्‌बो, दिपा राई र इसहक गजमेर निर्विरोध निर्वाचित हुनुभयो। अध्यक्ष र कोषध्यक्ष पदका निम्ती सहमति हुन नसकेकोले बहुमतीय निर्वाचन पद्धतिमा प्रवेश गरियो। कुल १७ मत खसेको मध्य अध्यक्ष पदको निम्ती पा. अमर कान्दवाले ७ मत प्राप्त गर्नुभएको र पा. इसहक सेन्चुरीले ८ मत लिएर निर्वासित हुनुभएको तथा कोषध्यक्ष पदमा रञ्जना श्रेष्ठ तामाङ्गले १२ मतका साथ विजयी हुनुभएको र उहाँको निकटतम प्रतिद्वन्द्वी पा. प्रेम उपरकोटी ५ मत प्राप्त गर्नु भएको निर्वाचित समितिका २०८१ का संयोजक पा. राजकुमार नाछिरिङ राईले घोषणा गर्नुभयो ।

झापा जिल्लाका १६ वटा इकाई समाजबाट सहभागी भएका सो प्रतिनिधि भेला दमक इसाई समाजका अध्यक्ष पा. हेमन्त सुब्बाको प्रार्थनाद्धारा अन्त भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...