Skip to main content

नयाँ तृष्णा

झापा जिल्ला ईसाई समाजको नयाँ नेतृत्वमा पास्टर डम्बरबहादुर विश्वकर्मा, ११ सदस्यीय कार्यसमिति गठन

[adsforwp id="2511"]

तरुण राई,

पौष २२ गते,

मेचीनगर । झापा जिल्ला ईसाई समाजको ऐतिहासिक प्रतिनिधि सम्मेलन सोमबार दमक-५ स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। सम्मेलनले समाजको नयाँ नेतृत्व चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।

सो प्रतिनिधि भेला ज्योति मण्डली दमकका रेभ. एन. डी. थुलुङ्गको अध्यक्षतामा र प्रदेश इसाई समाजका उपध्यक्ष पा. आकाश थुलुङको प्रमुख अथितिमा सम्पन्न भयो ।

झापा जिल्ला इसाई समाजका पूर्व अध्यक्ष एल्डर रमेश गुरुङ्गद्धारा परमेश्वरलाई धन्यबाद दिँदै शुरुको प्रार्थना सहित शुरुको गरिएको सो प्रतिनिधि भेलामाका संचालन निर्वाचन समिति २०८१का सदस्य पा. जगन नाथ पौडेलले गर्नुभयो। रेभ. पा. दनियल सुब्बाद्धारा पबित्र धर्मशास्त्र बाईबलको फिलिपी २: १-३ बाट समाज र यसको महोत्योबारे शिक्षा दिनुभयो।

दोस्रो सत्रको बन्द सत्रमा प्रतिनिधि भेलामा उपध्यक्षमा पा. लाल बहादुर दाहाल, सचिवमा एल्डर तारा प्रसाद दाहाल, स-सचिवमा धन कुमार बेघा, सदस्यहरुमा सिता पोख्रेल, पदम पुलामी, काजिमान पन्धक, गंगा प्रसाद आङ्‌बो, दिपा राई र इसहक गजमेर निर्विरोध निर्वाचित हुनुभयो। अध्यक्ष र कोषध्यक्ष पदका निम्ती सहमति हुन नसकेकोले बहुमतीय निर्वाचन पद्धतिमा प्रवेश गरियो। कुल १७ मत खसेको मध्य अध्यक्ष पदको निम्ती पा. अमर कान्दवाले ७ मत प्राप्त गर्नुभएको र पा. इसहक सेन्चुरीले ८ मत लिएर निर्वासित हुनुभएको तथा कोषध्यक्ष पदमा रञ्जना श्रेष्ठ तामाङ्गले १२ मतका साथ विजयी हुनुभएको र उहाँको निकटतम प्रतिद्वन्द्वी पा. प्रेम उपरकोटी ५ मत प्राप्त गर्नु भएको निर्वाचित समितिका २०८१ का संयोजक पा. राजकुमार नाछिरिङ राईले घोषणा गर्नुभयो ।

झापा जिल्लाका १६ वटा इकाई समाजबाट सहभागी भएका सो प्रतिनिधि भेला दमक इसाई समाजका अध्यक्ष पा. हेमन्त सुब्बाको प्रार्थनाद्धारा अन्त भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

मेचनिगर । जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले राधाकृष्ण अधिकारीको अध्यक्षतामा नौ ...

पत्रकारमाथि धरपकड गर्नेमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दो...
काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...