Skip to main content

नयाँ तृष्णा

घाँस–दाउरा लिन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

Advertisement

१७ पुस ,

झापा । जंगलमा घाँस र दाउरा काट्न गएका समूहकी मध्ये एकजना महिलालाई हात्तीले लखेटेर आक्रमण गर्दा मृत्यु भएको छ ।

कचनकबल गाउँपालिका–७ स्थित दिपज्योति सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका १५÷२० जनाको समूह मध्येकी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशीलाई आज मध्यान्न १२ वजे जंगली हात्तीले लखेटेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीलाई हात्तीले लखेटेर खेदाएको बनियानी प्रहरीमा जानकारी हुनासाथ खोजी गर्दा दिउँसो साढे ४ वजे वनमा घाइते अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

वनदेखि बनियानीको ९ किलोमिटर पश्चिम उत्तरमा राजबंशीलाई घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनियानीको टोलीले जनाएको छ ।

घाइते राजबंशीलाई उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल भद्रपुर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

राजबंशीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा साँझ ५ वजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...