Skip to main content

नयाँ तृष्णा

घाँस–दाउरा लिन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

[adsforwp id="2511"]

१७ पुस ,

झापा । जंगलमा घाँस र दाउरा काट्न गएका समूहकी मध्ये एकजना महिलालाई हात्तीले लखेटेर आक्रमण गर्दा मृत्यु भएको छ ।

कचनकबल गाउँपालिका–७ स्थित दिपज्योति सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका १५÷२० जनाको समूह मध्येकी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशीलाई आज मध्यान्न १२ वजे जंगली हात्तीले लखेटेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीलाई हात्तीले लखेटेर खेदाएको बनियानी प्रहरीमा जानकारी हुनासाथ खोजी गर्दा दिउँसो साढे ४ वजे वनमा घाइते अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

वनदेखि बनियानीको ९ किलोमिटर पश्चिम उत्तरमा राजबंशीलाई घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनियानीको टोलीले जनाएको छ ।

घाइते राजबंशीलाई उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल भद्रपुर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

राजबंशीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा साँझ ५ वजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...