Skip to main content

नयाँ तृष्णा

काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

Advertisement

२४ पुस,

मेचीनगर । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो देखिने वस्तु बरामद गरेको हो ।

प्रहरीका अनुसार इनटेक्स लेखिएको कार्टुनभित्र १८.६ इन्च सतह गोलाइ, ८.६ इन्च उचाइ, १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु रहेको छ ।

त्यस्तै प्रहरीले रामधामबाट प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो हिरोइन), प्याभन स्पास पल्स लेखिएको ट्यावलेट १८ थान, एसएफ–४०० लेखिएको डिजिटल तराजु एक थान, भिभो र लाभा कम्पनीको मोवाइल २ थान बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोली पक्राउ गरेको थियो । बरामद सामान र भारतीय नागरिक रामधामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...