नयाँ तृष्णा

११ औं बार्षिक साधारण सभा मनाए कृपा फ्रि मेथोडिस्ट चर्चले, दुइ बर्षे परिषद गठन

Advertisement

मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काँकरभिट्टाको आफ्नै चर्च भवनमा ११ औं बार्षिक साधारण सभाले रेभ शमूएल तामाङको अध्यक्षतामा २ पदेन सदस्यसहित १६ सदस्यीय परिषद गठन भएको हो ।

कृपा फ्रि मेथोडिस्ट चर्च परिषदको सचिवमा डिकन होमराज राई, कोषाध्यक्ष डिकन डि वी राना चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा डिकन रेखा पुन, गुरुआमा लिली तामाङ, रुथ सुब्बा, कला राई, सन बहादुर थापा, रन्जना सुजी, शुसिला तामाङ, दिना तामाङ, उमेश लामा, अर्जुन मुखिया र बिकास गुरुङ  गठन भएका छन् भने पदेन सदस्यमा आमा दिदीबहिनी संगतीका अध्यक्ष दिलु मुखिया र जवान संगतीका अगुवा हेमकुमार मगर गरी जम्मा १६ सदस्य पूर्ण परिषद सभाले अनुमोदन गरेको छ ।

नयाँ परिषदलाई सभाका प्रमुख अतिथि एल्डर दिल राईले कार्यकाल सफलता साथै अभिषेकको प्रार्थना गरिदिनुभएको थियो ।

बार्षिक सभाका प्रमुख अतिथि राईले २०२४ का बितेका दिनहरु भुलेर अब नयाँ २०२५ को नयाँ कुराहरुतिर अघि लम्कऔं । अब कहिल्यै नसुनेका सुन्नेछौं, कहिले नदेखेका कुरा देख्नेछौं र निराशका कुरा भूलेर नयाँ आशामा जिउनेछौं । त्यसैले नयाँ अठोट गर्नुपर्नेछ । हाम्रो जीवनमा अभाव र कठीनाइको बाटो भएरु जाँदा गाह्रो होला तर परमेश्वरपतिको आफ्नो बिशवासलाई पक्रिराख्नु पर्दछ । जसरी अय्यूवले आफ्नो बिश्वास पक्रिराखेका थिए र त्यसपछिको अय्यूवको जीवन आशिषमय भएर गएको थियो भन्दै उत्साह दिनुभएको थियो ।

पास्टरको सम्बोधन,

बार्षिक सभाका सभाध्यक्ष रेभ शमूएल तामाङले आफ्नो सम्बोधनको क्रममा भन्नुभयो, – मिशन के हो ? त्यसको भावनालाई मण्डलीले बुझ्नु पर्दछ । मिशन शब्द आफैमा गहन अर्थ बोकेको शब्द हो । यसैले विभिन्न संघ–संस्थाहरुले पनि विशेष उद्धेश्यमा जोडिन र पुरा गर्नेकार्यलाई, मिशन भन्ने गरेको पाईन्छ। परमेश्वरको पनि मिशन थियो जुन हामी बाइबलको पुरानो र नयाँ नियम दुबैमा पाइन्छ । पुरानो नियममा मिशन भन्ने शब्द ल्याटिन भाषाको मित्तेरे” भन्ने शब्दबाट “मिसिया” हुदै मिशन शब्द बनेको देखिन्छ, पछि मित्तेरे शब्दलाई ग्रीकमा अनुवाद गर्दा एपोस्टल अर्थात प्रेरित जस्को अर्थ पठाउनु वा पठाइएको भन्ने हो । परमेश्वर यशैया ६ः८,९ मा यसरी भन्नुहुन्छ म कसलाई पठाउ र मेरो निम्ति को जाने ?” यसरी पुरानो करारमा मिशनसंग जोडिएको धेरै कुराहरु पाईन्छ। पुरानो करारमा परमेश्वरको मिशन भनेको सर्वाङ्गीण मिशनको योजना थियो ।

परमेश्वरले हामीलाई केवल आत्मिकी कुराहरु र सुसमाचारको निम्ति मात्र होइन तर सर्वाङ्गीण विकासको मिशन लिएर अगाडि बड्नलाई बोलाउनु भएको छ। यर्सथ मण्डलीको सर्वाङ्गीण मिशनको रणनिति अनुसार कृपा फ्रि मेथोडिष्ट चर्चको अगामी वर्षहरुको मिशन रणनितिहरु, परमेश्वरसंग ठीक सम्बन्धमा बिकास हुनु, सुसमाचार सुनाउनु मानिसहरुलाई सिकाउनु वा तालिम दिनु चेला निर्माण गर्नु, दया देखाउनु ,ठिक न्याय गर्नु र यसको निम्ति पैरवी गर्नु, सृष्टिको असल रेखदेख गर्नु जिम्मा दिनुभएको यहि मिशन अनुसार कार्यहरु गरिनु पर्ने सम्बोधनमा भन्नुभयो ।

सेवकाईको बार्षिक प्रगती बिबरण र २०२५ को बार्षिक कार्ययोजना प्रस्तुत ः

सभामा सचिब होमराज राईले २०२४ को प्रगती बिबरण र २०२५ को बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
बिगतमा भएका मण्डली आत्मिक सेवकाई,मण्डलीको आर्थिक उन्नती,मण्डलीको भौतिक बिकास, सामाजिक सेवा बारेमा प्रस्तुत गरेका थिए भने २०२५ को आत्मिक बिकास तर्फ, सु–समाचार तर्फ,भौतिक बिकास तर्फ, सामाजिक सेवा तर्फ र अन्य बिबिध कार्यक्रम कार्ययोजनाको बारेमा समारोहमा प्रस्तुत गरेका थिए ।

कृपा फ्रि मेथोडिस्ट चर्चको बार्षिक आया–ब्याय प्रस्तुत ः

कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभामा कोषाध्यक्ष डिकन डि बी रानाले २०२४ को आर्थिक आय–ब्याय बिबरण प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रानाले भने चर्चको आम्दान भनेको दशंस भेटी, आराधना भेटी,सुसमाचार भेटी, प्रार्थना भेटी, अनुदान भेटी, पहिलो पलबाट,क्याटेरिङ्गलगायतको बिषयबाट संकलन भइ चर्चको बिभिन्न आत्मिक बिकास, भौतिक बिकास, सामाजिक बिकास र सेवकाईमा खर्च हुने बताउनु भयो । डिकन रानाले सबै परिवारको दिने हृदय भएकोमा धन्यबाद दिनुभएको थियो ।

त्यसैगरी आमा दिदीबहिनी संगतीका कोषाध्यक्ष किमला रानाले २०२४ को आर्थिक आय–ब्याय बिबरण प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष रानाले भने आमा दिदीबहिनी संगतीको आम्दान भनेको उपबास प्रार्थना भेटी, केहि बिरामी सहयोग भेटीमा भएका यस बर्षमा आम्दान भन्दा खर्च बढिभएर घाटामा गएको बताउनुभयो । कोषध्यक्ष रानाले भनिन् सहयोगी हातहरुलाई धन्यबाद दिनुभएको थियो ।

भौतिक सम्पती बिबरण

कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभामा गुरुआमा लिली तामाङले २०२४ सम्ममा भएको भौतिक सम्पत्ती बिबरण प्रस्तुत गर्नु भएकी थिइन् । बिश्वासीहरुको सहयोगमा बिभिन्न किसिमका भौतिक प्रयोगात्मक साधनहरु चर्च बिश्वासीहरुले दिइरहनु भएकोले गर्दा चर्चलाई टेवा पुगेको छ । त्यसैले यहाँहरुको महान दिने हृदय र चर्चलाई गर्नुभएको प्रार्थना उत्तर भएको बताउनु भयो ।

परिवारिक संखया ः

साधारण सभामा चर्चका मिशनेरी रुथ सुब्बाले २०२४ सम्ममा भएको पारिवारि बिबरण प्रस्तुत गर्नु भएकी थिइन् । बिश्वासीहरुको संख्या यस बर्ष केहि मात्र बढेकाले अब उप्रान्त परिवार सम्बन्धि चासो देखाउनु पर्ने उनको भनाइ थियो ।

यूवा र बाल संगतीको आय–ब्याय बिबरण

त्यसैगरी जवान संगती र बाल संगतीको बार्षिक आय–बयाय यूवा संगतीका कोषाध्यक्ष जोन रानाले प्रस्तुत गरेका थिए । यस २०२४ को आर्थिक ख्रीष्टमस कार्यक्रममा बालबालिकाहरुलाई उपहार बितरण गरिएकाले आर्थिक अवस्था अहिले सुन्यमा रहेको कोषाध्यक्ष रानाले बताएका थिए ।

यूवा र बाल संगतीको आय–ब्याय बिबरण

त्यसैगरी जवान संगती र बाल संगतीको बार्षिक आय–बयाय यूवा संगतीका कोषाध्यक्ष जोन रानाले प्रस्तुत गरेका थिए । यस २०२४ को आर्थिक ख्रीष्टमस कार्यक्रममा बालबालिकाहरुलाई उपहार बितरण गरिएकाले आर्थिक अवस्था अहिले सुन्यमा रहेको कोषाध्यक्ष रानाले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

५ बैशाख, झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुट...
नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...