नयाँ तृष्णा

स्थानीय तह विशेष

बिर्तामोडको N.E.B.C चर्चद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिर्तामोडको N.E.B.C चर्चद्वारा रक्तदान कार्यक्रम सम्पन्न

झापा, बिर्तामोड — N.E.B.C चर्च, बिर्तामोडद्वारा आयोजित एकदिने पत्रकारिता तालिम सम्पन्न भएपछि आज चर्च परिसरमै रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड रेडक्रसका इन्चार्ज पवन थापाको नेतृत्वमा खटिएको टोलीले चर्च परिसरमा २७ जना रक्तदाताबाट रगत संकलन गरेको थियो। संकलित रगत बिर्तामोड रेडक्रसमै सुरक्षित राखिने भएको छ। कार्यक्रमको प्रमुख भूमिकामा एल्डर मन खुदाङ रहेका थिए। साथै पास्टर रन कुमार सेवा तथा सम्पूर्ण N.E.B.C चर्चका पास्टर तथा अगुवाहरूको सहयोग तथा सहभागिता उल्लेखनीय रहेको थियो। एकदिने पत्रकारिता तालिममा ५० जनाको सहभागिता पास्टर **गिदोन लामिछाने (तारा)**को प्रमुख प्रशिक्षणमा सम्पन्न एकदिने पत्रकारिता तालिममा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरी गरी कुल ५० जनाको उपस्थिति रहेको…
Read More

माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

१३ मंसिर २०८२, शनिबार, ईलाम । इलामको माई नगरपालिका–१ र ६ जोड्ने माईखोलामा आवागमन सहज बनाउन स्थानीयबासी र श्रम संस्कृति पार्टीको संयुक्त पहलमा ३५ मिटर लामो बाँसको अस्थायी फड्के पुल निर्माण गरिएको छ। वर्षेनी बढ्दो बाढीको जोखिम र पुरानो मार्ग बिग्रँदै गएपछि वैकल्पिक पहुँचमार्ग आवश्यक ठहरिँदै आएको थियो। स्थानीय initiative र सामूहिक श्रमदानकै बलमा पुल निर्माण सम्पन्न भएको छ। बाँसको तयार गरिएको यो फड्के पुलले दुवै वडाका वासिन्दालाई हिडडुल, विद्यालय जाने बालबालिकाको आवतजावत र दैनिक आवश्यकता पुर्याउने वस्तु ढुवानीमा तत्कालीन रूपमा सहजता दिने अपेक्षा गरिएको छ। विशेषगरी खोला तर्ने क्रममा बारम्बार जोखिम सामना गर्नुपर्ने बालबालिका, वृद्धवृद्धा तथा महिला दिदीबहिनीलाई यो…
Read More
३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

९ मंसिर २०८२, मंगलवार, धुलाबारी, ९ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको ३४औँ ‘१६ दिने अभियान’ आजदेखि देशभर शुरु भएको छ । मेचीनगर नगरपालिका–११ धुलाबारीमा यस अभियानको सुरुआत प्रभातफेरिद्वारा गरिएको हो । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासहित धुलाबारी चोकबाट दक्षिणतर्फ खयरडाँगी हुँदै गरिएको प्रभातफेरिमा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजी लगायत जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्था तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले “हिंसा–मुक्त घर, सुरक्षित समाज”, “लैङ्गिक हिंसाविरुद्ध बोल्नु नागरिकको कर्तव्य”, “मनौं तड्कौं, हरेक हिंसाको विरुद्ध खड्कौं” जस्ता संदेशसहितका प्लेकार्ड लिएर र्यालीमा सहभागिता जनाएका थिए। र्यालीपछि…
Read More
अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्याउने अन्तिम तयारीमा मेचीनगर नगरपालिका जुटेको छ। झापा क्षेत्रका २२ जातजातिको कला, पहिचान र संस्कृतिलाई संरक्षण गर्ने लक्ष्यसहित २०७५ सालमा जमिन व्यवस्थापनबाट सुरू भएको यो परियोजना कानुनी तथा प्राविधिक जटिलताका कारण बीचैमा रोकिएको थियो। २०७८ सालमै आंशिक संरचना तयार गरिए पनि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच कागजी सहमति नहुँदा निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मनोजकुमार बुढाथोकी बताउँछन्। उनका अनुसार, ‘सम्भावित मुद्दा र अस्पष्ट सम्झौताका कारण राज्यको लाखौं बजेट उपयोगविहीन हुन लागेको थियो। अब सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी निर्माणको वास्तविक स्थिति मूल्यांकन गरेर सञ्चालनमा लैजाने…
Read More
नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

२३ कार्तिक २०८२, आईतवार, झापा । नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन तथा अधिवेशन यस वर्ष झापा जिल्लाको अर्जुनधारा–२, गाँजाबारीस्थित ख्रीष्टियन रिभाइवल चर्चको प्रांगणमा भव्य, सभ्य र आशिषमय वातावरणमा सम्पन्न भएको छ।   सम्मेलनको पहिलो दिनको कार्यक्रम मिति २०८२ साल कार्तिक २० गते बिहीबार आरम्भ भएको थियो भने समापन समारोह मिति २०८२ साल कार्तिक २२ गतेका दिन सम्पन्न भयो। यस वर्षको सम्मेलनको मुख्य शिर्षक बाइबलको वचन “मत्ती २४:४२” (“यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैन...”) रहेको थियो।   कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका सेवक, अगुवा र विश्वासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनमा आत्मिक…
Read More
श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई “रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छे” का रूपमा चिनिदिन आग्रह गर्नुभएको छ। पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियानको थालनी गर्दै उहाँले भन्नुभयो, “म नेता होइन, पढाउन आएको होइन — देश बनाउने अभियानमा बोलाउन आएको हुँ। रुखो बोल्छु, तर झुठो बोल्दिन।” “देशभक्त र विदेशी कठपुतलीबीच संघर्ष सुरु भएको छ” साम्पाङले हालको राजनीतिक अवस्थालाई जेनजी आन्दोलनपछिको दुई धार — देशभक्तको एउटा र विदेशी प्रभावमा चल्ने अर्को धारको रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार, आफ्नो उद्देश्य देशलाई श्रम र उत्पादनसँग जोडेर चीन र भारतको दाजोमा उभ्याउने हो। “हाम्रो…
Read More
माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

  ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ। ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो। स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो। हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो। बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन…
Read More
माई नगरपालिका अबिरल बर्षाले डुबानमा

माई नगरपालिका अबिरल बर्षाले डुबानमा

    ईलाम को माईनगरपालीकाको वडा न: ६,७,८,१,३,२ लगायत का क्षेत्र डुबानमा परेको छ । सबैभन्दा बडि वडा न: २ मा बाडिले असर पारेको छ, गरुवा दोभान चेप्टि दोभान, ढकने दोभान क्षेत्रहरुमा धान , सिमल तरुल ,केरा ,कागती ,बाँस, लगायतका नगदे बालि र अनाज मा बाडिले कोहि ठाँउ पुरेकोछ भने कोहिठाउ पुरै खोला कुदेको छ । स्थानीय बासीका अनुसार गयराती ३ बजे बस्तिमा बाढिपसेको र केही बाख्ररा सुँगुर खोलाले बगाएको र घरमा राखिएको धान चामल मकै जस्ता खाद्धायन्नमा पुरै लेदोले भरिएको तर मानवीय क्षेती भने नभएको बताए । बाढिले चेप्टि फनपार्कमा समेत क्षतिपुराएको देखिएको छ भित्र जानू सक्ने अवस्था नभएकोले…
Read More
बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

१६ आश्विन २०८२, बिहीबार, काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्व र दिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। बिहान ९:२३ बजे देवी विसर्जन गरी, वैदिक विधिपूर्वक अभिषेकपछि नवदुर्गाको टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने परम्परा छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म टीका, जमरा र प्रसादलाई समृद्धिको प्रतीक मानिन्छ।
Read More
स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणसंगै आजबाट काममा प्रहरी

स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणसंगै आजबाट काममा प्रहरी

  १५ आश्विन २०८२, बुधबार, झापा । क्षतिग्रस्त भौतिक संरचना स्थानीयको सक्रियतामा पुनः निर्माण गरिएसंगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारी काममा फर्किएका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा  प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा प्रहरी हतियार छाडेर भागेका थिए भने त्यस यता प्रहरी विहीन बनेको बिर्तामोडमा स्थानीयकै अगुवाइमा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट प्रहरी काममा फर्किएका हुन् । जेनजी आन्दोलनपछि बिर्तामोडमा प्रहरी नहुँदा नहुँदा शान्ति सुरक्षामा चुनौति बढेको भन्दै युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, सजेश शिवाकोटी, बिपिन बजगाँई, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, युवा व्यवसायी…
Read More