Skip to main content

नयाँ तृष्णा

माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

Advertisement

ईलाम । माई नगरपालिका क्षेत्रमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको छ। हालै माई–६ मा वडा समिति र मंसिर ४ गते नगर समिति गठनसँगै विभिन्न वडाबाट पार्टी प्रवेशको लहर देखिएको पार्टीले जनाएको छ।

यसै क्रमअन्तर्गत माई–२ स्थित सितली खेल मैदानमा अटो तथा टेम्पो व्यवसायीहरूको निमन्त्रणामा आयोजित कार्यक्रममा अटो व्यवसायी समितिका अध्यक्ष दिलकुमार राई (दिल कु राई) नेतृत्वको २६ अटो सञ्चालक समूह श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेको हो।

कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्य लक्ष्मी राई, ईलाम जिल्ला अध्यक्ष दिपक राई तथा माई नगर अध्यक्ष बिनोद लिम्बूले स्वागत गरेका थिए। नयाँ प्रवेशीहरूलाई खदा र अबिरले सम्मान गरिएको थियो।

यता, माई नगरपालिका–४ का खड्ग यक्तेनकी छोरी सुएनो यक्तेनले अस्ट्रेलियाबाट संगठन विस्तार तथा श्रम अभियानका लागि ३५ हजार रुपैयाँ आर्थिक सहयोग पठाएको नगर अध्यक्ष लिम्बूले समारोहमा सार्वजनिक गरे।

श्रम संस्कृति पार्टीले माई नगरमा आगामी दिनहरूमा संगठन सुदृढीकरण तथा सदस्यता अभियानलाई अझ व्यापक बनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...