Skip to main content

नयाँ तृष्णा

माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

[adsforwp id="2511"]

ईलाम । माई नगरपालिका क्षेत्रमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको छ। हालै माई–६ मा वडा समिति र मंसिर ४ गते नगर समिति गठनसँगै विभिन्न वडाबाट पार्टी प्रवेशको लहर देखिएको पार्टीले जनाएको छ।

यसै क्रमअन्तर्गत माई–२ स्थित सितली खेल मैदानमा अटो तथा टेम्पो व्यवसायीहरूको निमन्त्रणामा आयोजित कार्यक्रममा अटो व्यवसायी समितिका अध्यक्ष दिलकुमार राई (दिल कु राई) नेतृत्वको २६ अटो सञ्चालक समूह श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेको हो।

कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्य लक्ष्मी राई, ईलाम जिल्ला अध्यक्ष दिपक राई तथा माई नगर अध्यक्ष बिनोद लिम्बूले स्वागत गरेका थिए। नयाँ प्रवेशीहरूलाई खदा र अबिरले सम्मान गरिएको थियो।

यता, माई नगरपालिका–४ का खड्ग यक्तेनकी छोरी सुएनो यक्तेनले अस्ट्रेलियाबाट संगठन विस्तार तथा श्रम अभियानका लागि ३५ हजार रुपैयाँ आर्थिक सहयोग पठाएको नगर अध्यक्ष लिम्बूले समारोहमा सार्वजनिक गरे।

श्रम संस्कृति पार्टीले माई नगरमा आगामी दिनहरूमा संगठन सुदृढीकरण तथा सदस्यता अभियानलाई अझ व्यापक बनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...