Skip to main content

नयाँ तृष्णा

झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

Advertisement

झापा । पूर्वी नाका काँकरभिट्टालगायतका क्षेत्रमा लागूऔषध तथा मानव बेचबिखनका घटनाहरू बढ्दै गएपछि सरोकारवालामा चिन्ता बढेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरानले लागूऔषध तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले लागूऔषध र अन्य अपराधिक गतिविधि बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले भने, “लागूऔषध र मानव बेचबिखन विरुद्धको अभियान प्रारम्भ त भएको छ, तर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी छ।”

कार्यक्रममा प्रहरी निरीक्षक जस बहादुर लिम्बु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सहभागी सरोकारवालाले लागूऔषध र मानव बेचबिखन जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनमार्फत दण्डित गर्नुपर्ने माग राखेका थिए।

साथै, प्रहरी नेतृत्वले आम नागरिक र समुदायको सक्रिय सहभागिताले नै लागूऔषधको कारोबार र सेवनलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताए। पछिल्ला समयमा नाकामा बढ्दो निगरानीका बाबजुद पनि यी अपराधका घटनाहरू बढ्दै गएपछि स्थानीयवासीहरू चिन्तित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...