Skip to main content

नयाँ तृष्णा

ईलाममा ईसाई समाजद्वारा संयुक्त ख्रिष्टमस भव्य रूपमा सम्पन्न

Advertisement

ईलाम । माई नगरपालिका ईसाई समाजको आयोजनामा ईलामको सुखानीस्थित सहिद स्मृति फनपार्क मा संयुक्त ख्रिष्टमस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बहादुर राई को प्रमुख आतिथ्यतामा तथा माई नगरपालिका ईसाई समाजका अध्यक्ष धनकुमारी राई लिम्बू को अध्यक्षतामा आयोजित कार्यक्रममा माई नगरपालिका र अर्जुनधारा नगरपालिका अन्तर्गतका विभिन्न चर्चहरूको उल्लेखनीय तथा गरिमामय उपस्थिति रहेको थियो।

ख्रिष्टमस कार्यक्रमको अवसरमा शुभकामना आदान–प्रदान गर्दै प्रमुख अतिथि पास्टर टेक बहादुर राई ले ख्रिष्ट येशु संसारका मुक्ति दाता हुनुहुन्छ भन्ने सन्देश दिनुभएको थियो। उहाँले ख्रिष्टमसले प्रेम, शान्ति, क्षमा र आपसी सद्भावको सन्देश फैलाउने उल्लेख गर्नुभयो।

कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउन विभिन्न खालका ख्रिष्टमस गीत, भजन तथा नृत्य प्रस्तुत गरिएका थिए। सांस्कृतिक प्रस्तुतिहरूले उपस्थित सहभागीहरूलाई आनन्दित बनाउँदै आपसी खुसी साटासाट गर्ने वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमको सञ्चालन माई नगरपालिका ईसाई समाजका सचिव डम्बर खजुम ले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...