Skip to main content

नयाँ तृष्णा

इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक

Advertisement

मेचीनगर । पुस २७ र २८ गते सञ्चालन हुने इन्डो–नेपाल मेचीनगर मिडिया कपको लोगो सार्वजनिक गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुन लागेको मिडिया कपको लोगो आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

ट्रफीको आकारमा तयार गरिएको लोगोको माथिल्लो भागमा फुटबल समावेश गरिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू अंकित छन् । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा समावेश गरिएका छन्, जसले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश प्रवाह गर्दछ ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य तथा पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले मिडिया कपको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव प्रविण अधिकारीले गर्नुभएको थियो ।

मिडिया कपमा नेपालसहित भारतबाट समेत गरी जम्मा ८ वटा पत्रकार टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

सञ्चार क्षेत्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो पटक इन्डो–नेपाल मेचीनगर मिडिया कप आयोजना गर्न लागिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...