Skip to main content

नयाँ तृष्णा

इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक

[adsforwp id="2511"]

मेचीनगर । पुस २७ र २८ गते सञ्चालन हुने इन्डो–नेपाल मेचीनगर मिडिया कपको लोगो सार्वजनिक गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुन लागेको मिडिया कपको लोगो आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

ट्रफीको आकारमा तयार गरिएको लोगोको माथिल्लो भागमा फुटबल समावेश गरिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू अंकित छन् । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा समावेश गरिएका छन्, जसले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश प्रवाह गर्दछ ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य तथा पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले मिडिया कपको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव प्रविण अधिकारीले गर्नुभएको थियो ।

मिडिया कपमा नेपालसहित भारतबाट समेत गरी जम्मा ८ वटा पत्रकार टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

सञ्चार क्षेत्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो पटक इन्डो–नेपाल मेचीनगर मिडिया कप आयोजना गर्न लागिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...