झापा, बिर्तामोड — N.E.B.C चर्च, बिर्तामोडद्वारा आयोजित एकदिने पत्रकारिता तालिम सम्पन्न भएपछि आज चर्च परिसरमै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिर्तामोड रेडक्रसका इन्चार्ज पवन थापाको नेतृत्वमा खटिएको टोलीले चर्च परिसरमा २७ जना रक्तदाताबाट रगत संकलन गरेको थियो। संकलित रगत बिर्तामोड रेडक्रसमै सुरक्षित राखिने भएको छ।
कार्यक्रमको प्रमुख भूमिकामा एल्डर मन खुदाङ रहेका थिए। साथै पास्टर रन कुमार सेवा तथा सम्पूर्ण N.E.B.C चर्चका पास्टर तथा अगुवाहरूको सहयोग तथा सहभागिता उल्लेखनीय रहेको थियो।
एकदिने पत्रकारिता तालिममा ५० जनाको सहभागिता
पास्टर **गिदोन लामिछाने (तारा)**को प्रमुख प्रशिक्षणमा सम्पन्न एकदिने पत्रकारिता तालिममा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरी गरी कुल ५० जनाको उपस्थिति रहेको थियो।
तालिममा सहभागीहरूको अधिकांश चर्चका पास्टर तथा अगुवाहरू रहेका थिए।