Skip to main content

नयाँ तृष्णा

कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न

Advertisement
मेचीनगर । कृपा फ्री मेथोडिस्ट चर्चले शनिबार आफ्नो १२औँ वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। चर्च परिषद्का अध्यक्ष रेभ. शमूएल तामाङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पास्टर बिरेश गुरुङ रहनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले मत्ती १६:१८ उद्धृत गर्दै मण्डली परमेश्वरकै योजनाअनुसार चट्टानमा स्थापित हुने बताउनु भयो। उहाँले परमेश्वरले दागरहित, चाउरी नपरेको प्रतापी मण्डली खोजिरहनुभएको उल्लेख गर्दै मण्डलीको वास्तविक सार आकारमा नभई करार र प्रतिवद्धतामा आधारित हुने स्पष्ट पार्नुभयो। “धेरै मण्डलीहरू आज शक्तिशाली बन्न नसक्नुको कारण परमेश्वरको उपस्थितिमा पुग्न कठिनाइ हो। हाम्रो चाल–ढाल, बोली–व्यवहार र जीवन समाजले हेर्न सक्छ भन्ने चेतना मण्डलीले धारण गर्नुपर्छ,” पास्टर गुरुङले भन्नुभयो। उहाँले १२औँ वार्षिक सभाले मण्डलीलाई नयाँ इतिहास रच्ने मोडमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका क्रममा बार्षिक समीक्षा तथा आर्थिक विवरण प्रस्तुत गरिएका थिए। बार्षिक कार्यक्रममा रेभ पास्टार शमूएल तामाङले पास्टर सम्बोधान गर्नुभएको थियो भने सचिब होमराज राईले बार्षिक प्रगति प्रतिवेदन तथा २०२६ वर्षको कार्ययोजना सार्वजनिक गर्नुभयो। कोषाध्यक्ष डि.डी.बी. रानाले आर्थिक आय–व्यय प्रस्तुत गर्नुभयो भने दिदीबहिनी समूह, युवा तथा बालसंगति, आय–ब्याय बिबरण,सम्पत्ति तथा घर संख्या विवरण क्रमशः कमला राना, हेम कुमार मगर, गुरुआमा लिली तामाङ र रुथ सुब्बाले प्रस्तुत गर्नुभयो।
कार्यक्रमको समापनमा पुरानो समिति विघटन गरी नयाँ समितिको घोषणा गरिएको थियो। सर्वसम्मतिले सोही पूर्वसमितिलाई पुनः जिम्मेवारी प्रदान गरिएको छ। अगुवा दिलु मुखियाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ। नयाँ समितिमा उपाध्यक्ष रुथ सुब्बा, सचिव तृषा गुरुङ, कोषाध्यक्ष कमला राना तथा सदस्यहरू कला राई, एलिशा राई र बिना थापा रहेका छन् भने सल्लाहकारमा डि. रेखा पुन र गुरुआमा लिली तामाङ रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...