काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। “विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,” हमालले भनेका छन्। उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। “कुरा राखियो, सकियो भन्ने होइन। अब बल्ल काम सुरु भएको छ। यो सुरुवात मात्रै हो। हामी परिणाम पर्खिरहेका छौँ,” हमालले भनेका छन्। त्यस्तै, जेनजी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्री विदेश जाँदा देशको प्रतिनिधित्व गर्ने भएकाले विदेशमा रहँदा आफूहरूको शुभकामना रहने बताएका छन्। उनले भाषणको शैलीभन्दा त्यसमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले नेपालको विपद्को मर्म र देशको वर्तमान अवस्थालाई गहिराइका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्। “घरमा आलोचना गरौँला, प्रश्न पनि गरौँला, तर घरमा मात्र गरौँला, बाहिर नगरौँला। हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री विदेश जानुहुँदा हृदयदेखि नै शुभकामना रहन्छ,” ढुङ्गानाले भनेका छन्। जेनजी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै नेपालको वास्तविक भावना र आवाज अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा प्रस्तुत गरेको बताएकी छन्। उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गर्दै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यहरूलाई समेत सोहीअनुरूप सशक्त बनाउनुपर्ने बताएकी छन्। यसैबीच, अर्का जेनजी नेता माजिद अन्सारीलेशाहको सम्बोधन स्पष्ट, संयमित र सन्तुलित रहेको टिप्पणी गरेका छन्। उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेको विरोधाभासलाई निकै विनम्र भाषामा सूक्ष्म ढंगले उजागर गरेका थिए। विशेषगरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ। “जलवायु सुरक्षाको विषयमा छलफल नगरी गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई मिठो शैलीमा उदांगो पार्नुभयो। उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,” उनले भनेका छन्। जेनजी नेताहरूका प्रतिक्रियामा समग्रमा प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब सम्बोधनमा उठाइएका विषयलाई कूटनीतिक पहल, राष्ट्रिय नीति, संस्थागत सुधार र ठोस परिणाममा रूपान्तरण गर्नुपर्ने साझा धारणा देखिएको छ। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत हुनु महत्वपूर्ण भए पनि त्यसको वास्तविक मूल्यांकन अब त्यसपछि सरकारले गर्ने काम र प्राप्त हुने परिणामबाट हुने बताएका छन्।
निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका बाढीपीडितहरूको उद्धार तथा राहतका लागि रु. २ लाख ५६ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्गतिमा आबद्ध सदस्यहरूबाट सङ्कलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।सङ्गतिकी कोषाध्यक्ष उमा केसीका अनुसार, प्रवासमा रहेका नेपाली सदस्यहरूको सामूहिक प्रयास र ऐक्यबद्धताबाट यो रकम सङ्कलन गरी प्रक्रियागत रूपमा पठाइएको हो। त्यस्तै, सङ्गतिकी अगुवा माला श्रेष्ठले देशमा आइपर्ने हरेक विपत्ति र कठिन परिस्थितिमा नेपाली इसाईहरू सदैव अग्रपङ्क्तिमा उभिने बताउनुभयो। "देशका लागि निरन्तर प्रार्थनासँगै आफ्नै सानो प्रयासबाट सहयोग रकम पठाउन पाउँदा सम्पूर्ण सङ्गति परिवार भावुक…
विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । बैंकिङ कारोबारको विश्लेषणका क्रममा ठूलो रकम हुण्डीमार्फत कारोबार भएको देखिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण सुरु गरिएको थियो । त्यसक्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत अन्य व्यक्तिसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको देखिएको दाबी प्रहरीको छ । प्रहरीले हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख…
काठमाडौं, नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछ। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख छ। नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ…
हरेक वर्ष सेप्टेम्बर महिनामा नेपाल तथा भारतका विभिन्न ठाउँमा विश्वकर्मा पूजा श्रद्धापूर्वक मनाइन्छ। विशेषगरी कारखाना, वर्कसप, ग्यारेज, उद्योग, निर्माण क्षेत्र तथा विभिन्न प्राविधिक पेशामा संलग्न मानिसहरूले आफ्ना औजार, मेसिन, सवारीसाधन र कार्यस्थलको पूजा गर्छन्। आजको समयमा यो पर्व केवल धार्मिक अनुष्ठानमा सीमित छैनस यसले श्रम, सीप, प्रविधि र उत्पादनप्रतिको सम्मानसमेत व्यक्त गर्छ। तर एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ—विश्वकर्मा वास्तवमा को हुन्रु विश्वकर्मा पूजा किन गरिन्छरु यसको आधार वेदमा के छरु र आज हामीले मनाउने विश्वकर्मा पूजा प्राचीन समयदेखि यस्तै थियो कि समयक्रममा यसको स्वरूप परिवर्तन भएको हो ? यी प्रश्नको उत्तर खोज्दा धार्मिक विश्वास र ऐतिहासिक तथ्यलाई छुट्टाछुट्टै बुझ्नु आवश्यक…
काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । सो क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो । उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५/१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएको थियो ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ। खानी तथा भूगर्भ विभागको टोलीले स्थलगत अध्ययन गरेपछि स्थानीयलाई धुवाँ नजिक नजान, नसुँघ्न तथा आसपासको पानी प्रयोग नगर्न आग्रह गरेको छ। पेलेगा डाँडाको घाँगी भीर क्षेत्रमा लामो समयदेखि धुवाँ निस्किरहेको जानकारीपछि विभागको टोलीले बुधबार स्थलगत अध्ययन गरेको थियो। चट्टान, धुवाँको रङ, गन्ध तथा नमुनाको प्रारम्भिक परीक्षणका आधारमा धुवाँमा कार्बन मोनोअक्साइड रहेको विज्ञहरूले बताएका छन्। खानी विज्ञ प्रकाश लुइँटेलका अनुसार कार्बनयुक्त चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनको सम्पर्कमा आएपछि हुने रासायनिक प्रतिक्रियाबाट ताप उत्पन्न भएको र त्यसले चट्टानलाई भित्रभित्रै बल्न सहयोग गरेको हुनसक्छ। यस क्रममा…
खोटाङ। नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा चयन हुनुभएको हो । नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष समेत रहनुभएको शेर्पा यसअघि युनियनको उपाध्यक्ष रहनुभएको थियो । एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष्मा मनिता राई चयन हुनुभएको छ । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनबाट मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई सदस्यमा चयन गरिएको युनियनको निबर्तमान जिल्ला अध्यक्ष उत्तम चौंलागाईंले बताउनुभयो…
काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन लागेको दाबी गर्दै विभिन्न भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन्। यस्ता भिडियोले सर्वसाधारणमा त्रास र अन्योल सिर्जना गरिरहेका छन्। तर उपलब्ध तथ्य तथा घटनासम्बन्धी रिपोर्टहरूको अध्ययन गर्दा “अर्जेन्टिनाको समुद्र सुकेको” भन्ने दाबी सही होइन। केही भिडियोमा देखिएको समुद्रको पानी पछाडि हटेको दृश्य वास्तविक घटनासँग सम्बन्धित भए पनि त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित र गलत सन्दर्भमा प्रस्तुत गरिएको देखिन्छ। वास्तवमा के भएको थियो ? अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तअन्तर्गतको Mar del Plata तथा आसपासको तटीय क्षेत्रमा समुद्रको पानी असामान्य रूपमा पछाडि हटेको दृश्य देखिएको थियो। पानी…
बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। २०८३ भदौ २० गतेदेखि सुरु भई २१ गते सम्पन्न अधिवेशनले गणेश बा राईलाई पुनः अध्यक्षमा चयन गरेको हो। यसैगरी, यसअघि कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका गौरिमान राई पुनः सचिवमा निर्वाचित हुनुभएको छ। अन्य पद तथा सदस्यहरूमा भने फेरबदल गरिएको जनाइएको छ। किरात राई यायोक्खा झापा जिल्ला कार्यसमितिको आयोजनामा तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा झापाका विभिन्न पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको…