नेपाल कृषिप्रधान देश हो। यहाँको अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छ। कृषिको मेरुदण्ड मानिने धान खेतीको सुरुवात हुने विशेष दिन असार १५ लाई नेपालभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन का रूपमा हर्षोल्लासका साथ मनाइन्छ। यो दिन किसानको मेहनत, पसिना र आशाको सम्मान गर्ने दिन हो। असार महिनामा मनसुन सक्रिय भएसँगै धान रोपाइँको मुख्य समय सुरु हुन्छ। खेतमा किसानहरू हिलोमा रमाउँदै धान रोप्ने, गीत गाउने र एकअर्कालाई सहयोग गर्ने दृश्यले गाउँघरलाई उत्सवमय बनाउँछ। यसले नेपाली समाजमा सहकार्य, एकता र श्रमको महत्वलाई झल्काउँछ। यस दिन दही र चिउरा खाने परम्पराको आफ्नै सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्व…
झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ आयोजना हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको हो । आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर प्रतिस्पर्धामा उत्रिनेछन् । प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सयसहित ट्रफी प्राप्त…
असार ११ (बिहीबार) , मेचीनगर, श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम सुनुवारले…
धादिङ, चैत १० धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–१ स्थित प्याल्दोर पिक क्षेत्रमा स्थापना गरिएको इसाई धर्मावलम्बीहरूको आस्थाको प्रतीक फलामे क्रस तोडफोड गरिएको घटनाप्रति विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। धादिङ इसाई समाजले जारी गरेको अनुरोधपत्रमा उल्लेख भएअनुसार उक्त क्रस २०७६ साल असोज १९ गते स्थापना गरिएको थियो। हालै अज्ञात व्यक्तिहरूद्वारा क्रस ढालिएको र फालापारिएको अवस्थामा भेटिएको जनाइएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान अझै खुल्न नसकेको समाजले जनाएको छ। धादिङ इसाई समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न तथा इसाई समुदायलाई उचित न्याय दिलाउन सम्बन्धित निकायहरू—वडा कार्यालय, गाउँपालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय—समक्ष आग्रह गरेको छ।…
झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम शुक्रबार झापाको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजनामा तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र भद्रपुर नगरपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब तीन दर्जन सरकारी तथा गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय…
मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक सम्पन्न गरेको छ। मेचीनगर–६ का वडा अध्यक्ष ध्रुवकुमार राई को प्रमुख आतिथ्यता तथा शाखा प्रमुख मात्रिका गुरुङ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रितिका थामीले संस्थाको त्रैमासिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनअनुसार मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य अभियानअन्तर्गत सीमा अनुगमन, सूचना सम्प्रेषण, उद्धार तथा बचावट, परामर्श सेवा, आकस्मिक आवास गृह सञ्चालन, भारतबाट उद्धार तथा स्वदेश फिर्ती, चितवनस्थित पुनःस्थापना केन्द्रमार्फत सेवा प्रवाह, व्यावसायिक सीप विकास तालिम, सामाजिक नेतृत्व विकास तालिम, पारिवारिक पुनर्मिलन, समुदाय परिचालन, सचेतना तथा पैरवीलगायतका…
गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने जोखिम पनि बढ्छ। यस्तो अवस्थामा नरिवल पानी प्राकृतिक र स्वास्थ्यकर पेयका रूपमा उत्कृष्ट विकल्प मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, सोडियमजस्ता आवश्यक इलेक्ट्रोलाइट पाइने भएकाले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। नरिवल पानीले गर्मीका कारण हुने थकान कम गर्न, शरीरमा ऊर्जा कायम राख्न तथा तरल पदार्थको सन्तुलन मिलाउन सहयोग पुर्याउँछ। साथै, यसमा क्यालोरी र बोसो कम हुने भएकाले अन्य गुलिया पेय पदार्थको तुलनामा स्वस्थ विकल्प मानिन्छ। विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीमा पर्याप्त पानीसँगै नरिवल पानी सेवन गर्दा शरीर ताजा र ऊर्जावान् रहन मद्दत मिल्न सक्छ। तर कुनै विशेष स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह अनुसार सेवन गर्नु उपयुक्त हुन्छ।
- किरण सुनुवार, बाइबलको पुरानो नियममा वर्णन गरिएको लिव्यात्तान जस्तो विशाल, शक्तिशाली र भयानक समुन्द्री जीवको विषयले हामीमा ठूलो कौतूहल जगाउन सक्छ। विशेष गरी बाइबलको अय्यूब ४१ अध्यायमा यस जीवको शारीरिक बनावट, वैभव र शक्तिको विस्तृत बयान गरिएको छ, जहाँ यसलाई पृथ्वीकै सबैभन्दा निडर प्राणीको रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसको ढाड दर्शन ढुङ्गाको पर्खालले जस्तै घेरिएको छ, जसमा एउटामाथि अर्को खप्टिएका कत्लाहरू यसरी जोडिएका छन् कि तिनको बीचबाट हावा पनि छिर्न सक्दैन। यसलाई कुनै पनि मानव निर्मित भाला वा काँडले छेड्न असम्भव छ। यस अध्यायको पद १८ देखि २१ सम्म त यसको भयानक शक्तिको बयान गर्दै लेखिएको छ कि यसको…
बिर बहादुर तामाङ, केर्खा, झापा। कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष पास्टर प्रताप बि.क.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम केर्खास्थित ज्योति चर्चको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी दमक शाखाका अधिकृत सिद्धार्थ दाहालले इसाई समाजका अध्यक्ष पास्टर प्रताप बि.क.लाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो। रक्तदान कार्यक्रम कमल गाउँपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सहयोगी संस्थाका रूपमा लुथरन सामुदायिक कल्याण समाज तथा सुसमाचारिय लुथरन मण्डली, रंगेली–२ मोरङ रहेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमकले प्रदान गरेको थियो। कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।…
विशेष खोज, – होमराज राई, यो पृथ्वीको सबैभन्दा जिज्ञासु, सबैभन्दा चेतनायुक्त, र सायद सबैभन्दा विरोधाभासी प्राणी मानिस......!, । उसले आफ्नो बुद्धि, कल्पना, विज्ञान र अथाह इच्छाशक्तिको बलमा प्रकृतिलाई चुनौती दियो। उसले अन्धकार चिरेर प्रकाश निकाल्यो। समुद्र चिरेर महादेशहरू जोड्यो। आकाश नाप्यो, चन्द्रमामा पाइला टेक्यो, र अन्तरिक्षको असीम शून्यतामा आफ्नो अस्तित्वको छाप छोड्ने साहस गर्यो। उसले रोगहरूसँग युद्ध गर्यो, समयलाई घडीभित्र बाँध्यो, विद्युत् निर्माण गर्यो, परमाणुको रहस्य चिर्यो, कृत्रिम बुद्धिमत्तालाई जन्म दियो। उसले धर्म निर्माण गर्यो, दर्शन सिर्जना गर्यो, साहित्य लेख्यो, संगीतलाई आत्माको भाषा बनायो, र सभ्यतालाई इतिहासको महानतम उपलब्धिमा रूपान्तरण गर्यो। मानिसले पृथ्वीको स्वरूप नै बदलिदियो। तर एउटा सत्यको स्वरूप भने…