७ भाद्र २०८३, आईतवार, विराटनगर / विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । गत वर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो । त्यसैगरी, सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन…
आजकल हाम्रा छोराछोरीको ठूलो समय मोबाइल र सोसल मिडियाको स्क्रिनमा बितिरहेको छ। तर के हामीले ध्यान दिएका छौँ, यसले उनीहरूको मस्तिष्क, पढाइ र पारिवारिक जीवनमा कति गहिरो असर पारिरहेको छ? मस्तिष्क र स्वास्थ्यमा असर: अत्यधिक स्क्रिन टाइमले किशोर-किशोरीको ध्यान केन्द्रित गर्ने क्षमता (Attention Span) घटाउँछ। यसले गर्दा उनीहरूमा चिडचिडाहट, तनाव, र निद्रा नआउने जस्ता मानसिक समस्याहरू देखिन थालेका छन्। पढाइमा गिरावट: सोसल मिडियाको निरन्तर प्रयोगले उनीहरूको ध्यान पढाइबाट भड्काउँछ। नतिजास्वरूप एकाग्रता घट्ने र शैक्षिक स्तर कमजोर हुँदै जाने समस्या बढ्दो छ। पारिवारिक सम्बन्धमा दूरी: एउटै घरमा भएर पनि परिवारका सदस्यहरूसँग कुराकानी गर्नुको साटो मोबाइलमै हराउनाले उनीहरू सामाजिक र पारिवारिक सम्बन्धबाट…
६ भाद्र २०८३, शनिबार, प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । शुक्रबार निर्माण पक्षले आकृति बुढाथोकीलाई फिल्ममा अनुबन्धित गरेको हो । अभिनयको हिसाबले उनको यो दोस्रो फिल्म हुनेछ । उनले फिल्म ‘मुक्तिपुर’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । उनले केही नाटकमा समेत अभिनय गरेकी छन् । फिल्ममा आकृतिको जोडी अभिनेता कबीर खड्कासँग बाँधिनेछ । कबीर केही महिनाअघि नै फिल्ममा अनुबन्धित भएका हुन् । उनले यसअघि ‘लम्फू’, ‘गुञ्जन’, ‘एक भागवत गीता’ र ‘लण्डन टू पेरिस’सहित केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘लम्फू’पछि उनी पहिलो पटक मुख्य अभिनेताको रूपमा देखिन लागेका हुन् । नेपाल र…
५ भाद्र २०८३, शुक्रबार , मौसम परिवर्तनसँगै अहिले धेरै मानिसमा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने तथा शरीर गल्ने समस्या देखिन थालेको छ। सामान्य रुघाखोकी र भाइरल ज्वरोका लक्षण एकअर्कासँग मिल्ने भएकाले कतिपय अवस्थामा छुट्याउन गाह्रो हुन्छ। मौसमी रुघाखोकी हुँदा प्रायः नाकबाट पानी बग्ने, नाक बन्द हुने, लगातार हाछ्युँ आउने, घाँटी खसखसाउने र खोकी लाग्ने हुन्छ। ज्वरो भए पनि सामान्यतया हल्का हुन्छ। भाइरल ज्वरोमा भने शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान हुने, जाडो लाग्ने र खोकी वा घाँटी दुख्ने जस्ता लक्षण देखिन सक्छन्। ज्वरो र शरीर दुखाइ तुलनात्मक रूपमा बढी हुन सक्छ। तर यी लक्षणका…
३ भाद्र २०८३, बुधबार, काठमाडौँ। सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता र वित्तविज्ञहरू सदस्य हुनुहुन्छ । अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित…
एजेन्सी , ३ भाद्र २०८३, बुधबार , एथेन्स । हनिमुन मनाउन ग्रिस गएका बेलायती जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । सोमबार ग्रिसको सिफ्नोस टापुमा भएको हेलिकप्टर दुर्घटनामा नवविवाहित जोडी अलेक्ज्यान्डर क्रोमी र म्यारी एबर्टको मृत्यु भएको हो । यस घटनामा हेलिकप्टरका पाइलटको पनि मृत्यु भएको ग्रिसको प्रहरीले बताएको छ । पाइलट ग्रिसेली नागरिक थिए । यो जोडी सवार बेल २०६ नामक निजी हेलिकप्टर साँझ ६ः१५ बजेतिर अवतरण प्याडभन्दा केही मिटर पर दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरूले हेलिकोप्टर अवतरण गर्न लाग्दा असामान्य इन्जिनको आवाज सुनेको बताएका छन्। रिपोर्टअनुसार दम्पतीले एथेन्सनजिकैको मार्कोपोलो गाउँबाट लोकप्रिय पर्यटकीय गन्तव्य सिफ्नोससम्म हेलिकोप्टर यात्रा गरेका थिए । ग्रीसको उड्डयन…
काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् । जितपछि प्रतिक्रिया दिँदै सुवासनाले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने लागेको बताइन् । शोमा पहिलोपटक कोच बनेका वाङ्देनले जितपछि सपनाजस्तो महसुस भएको बताए । उनले भने, ‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ । यो जित सुवासनाको हो । जसले भोट गर्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’ फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार…
काँकरभिट्टा । झापाको मेचीनगर काँकरभिट्टामा मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवालासँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान’ अन्तर्गत आफन्त नेपाल, काँकरभिट्टा झापाको आयोजनामा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नयाँ बानेश्वर काठमाडौंको सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम मेचीनगर–६ स्थित घारी रेस्टुरेन्टको सभाहलमा भएको थियो। कार्यक्रमको सञ्चालन कञ्चना मगरले गरेकी थिइन्। आफन्त नेपालका शाखा प्रमुख तथा अध्यक्ष मात्रिका गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर–६ का कार्यवाहक अध्यक्ष ध्रुवकुमार राई सहभागी थिए। कार्यक्रममा प्रहरी निरीक्षक कमल विष्ट, माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले मानव बेचबिखन, लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको संरक्षणका…
काठमाडौँ। नेपालका वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था (वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स–डब्लुएपीसी) ले कडा आपत्ति जनाउँदै उनको तत्काल र निःशर्त रिहाइको माग गरेको छ। डब्लुएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले आज केन्याको राजधानी नैरोबीबाट जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष एवम् प्रकाशक उनी डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन्। डब्लुएपीसीले आफ्नो एक पदाधिकारी तथा स्वतन्त्र पत्रकारलाई पक्राउ गरिएको घटनाले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताका विषयमा समेत गम्भीर प्रश्न उठाएको जनाएको छ। विज्ञप्तिमा कथित वैयक्तिक गोपनीयतासम्बन्धी हक…
काठमाडौँ। गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थपेको छ। बुधबार मध्यराति ललितपुरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले दिएको हो । बिहीबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका हुन् । प्रहरीले श्रेष्ठलाई बिहीबार अपरान्ह ४ बजेपछि मात्रै म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराएको थियो ।