काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार विजया दशमी–२०८३ को टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । समितिको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार नेपालसहित विभिन्न देशका प्रमुख शहरमा स्थानीय मानअनुसार टीकाको साइत निर्धारण गरिएको हो । समितिका अनुसार काठमाडौंमा कात्तिक ४ गते बिहान १०ः२६ बजे विजयादशमीको टीका लगाउने शुभसाइत रहेको छ । भारतको दिल्लीमा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा १०ः१४ बजे, अमेरिकाको न्युयोर्कमा १०ः११ बजे, फ्र्याङ्कफर्टमा १०ः४७ बजे, भ्यानकुभरमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डिसीमा १०ः२१ बजे, क्यालिफोर्नियामा ९ः५१ बजे र क्यानडाको टोरोन्टोमा १०ः४१ बजे टीका लगाउने शुभसाइत तोकिएको छ…
काँकरभिट्टा । मानव बेचबिखन तथा लैंगिक हिंसा रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्थाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ। आफन्त नेपालको आयोजना तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर काठमाडौंकाे साैजन्यमा बुधबार मेचीनगर–६, काँकरभिट्टास्थित भारी रेष्टुरेन्टमा सम्पन्न “स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक” का सहभागीहरूले मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध साझा प्रयास आवश्यक रहेको बताएका हुन्। कार्यक्रम “मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियान” अन्तर्गत आयोजना गरिएको थियो। आफन्त नेपाल केन्द्रका कार्यक्रम व्यवस्थापक केशर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी नगर उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख अतिथि तथा प्रहरी निरीक्षक कमल विष्ट विशिष्ट अतिथि रहेका…
काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए। त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।
काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफन्त नेपालले झापाको काँकरभिट्टामा ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानअन्तर्गत जिम्मेवार पुरुष समूह गठन गरेको छ। विभिन्न जिल्लामा गरी संस्थाले गठन गरेको यो १६ `म एक जिम्मेवार पुरुष समूह ´हो। आफन्त नेपालका जिल्ला प्रमुख मात्रिका गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा संस्थाको केन्द्रबाट केशर विश्वकर्माको उपस्थिति रहेको थियो। भेलाले स्थानीय स्तरमा राजु खड्काको अध्यक्षतामा जिम्मेवार पुरुष समूह गठन गरेको हो। समूहमा स्थानीयस्तरबाट मनोज गुरुङ, अमन विश्वकर्मा, शिवकुमार पाठक, होमराज राई र खड्गराज कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी छन्। समूहमा आबद्ध सदस्यहरूले मानव बेचबिखन, लैङ्गिक हिंसा…
काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहेको मठ–मन्दिर, अर्चक, पुरोहित विभागले आपत्ति जनाएको छ। विभागका राष्ट्रिय प्रमुख दीपक आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको उल्लेख गर्दै विभागले उक्त घटनालाई गम्भीर विषयका रूपमा लिएको जनाएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई चुनौती दिने गरी प्रवेश गर्नु तथा त्यससम्बन्धी भिडियो सार्वजनिक गर्नु उचित नभएको विज्ञप्तिमा उल्लेख छ। विश्व हिन्दु…
साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। कुशल भुर्तेल भने यस टोलीमा छैनन्। यही अक्टोबर ७ देखि ओमानमा हुनलागेको लिग २ को यो अन्तिम शृंखला हो। नेपालले २५ गते आइतबार क्यानडासँग खेल्दै लिग–२ शृंखलाको सुरुवात गर्नेछ। २७ गते मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ। ३१ गते शनिबार पुनः…
काठमाडौँ / श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। उनले जनताका जल्दाबल्दा मुद्दामा परिणाममुखी काम गर्न ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरे। सरकारको सुशासनको प्रतिबद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाए। राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराए। भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीबारे उनले प्रश्न गरे। ‘गिरिबन्धु टी-स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले…
नगर प्रमुख बुढाथोकीद्वारा उद्घाटन, स्मारिका विमोचन, सम्मान तथा सांस्कृतिक प्रस्तुतिसहित मनाइयो २५औँ स्थापना दिवस काँकरभिट्टा, झापा । झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित क्वाइनोनिया दिव्य शान्ति ख्रीष्टिय मण्डलीले स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मण्डलीको २५ वर्षे इतिहास, सेवा र सामाजिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको समारोहमा विभिन्न क्षेत्रका पास्टर, मण्डलीका अगुवा, प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। रजत महोत्सवको औपचारिक उद्घाटन मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मण्डलीका अध्यक्ष तथा पास्टर रामकुमार थापा, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. मङ्गलमान महर्जन, झापा जिल्ला इसाई समाजका अध्यक्ष रेभ. पास्टर ईसाहक सेन्चुरी…