काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै यस्तो पहल अघि बढाइएको टिकटकले जनाएको छ । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने…
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ। अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा विदेश पठाउने प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। मंगलबार अदालतले सजाय निर्धारण गरेको हो। उनलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै सोही कसुरमा थप ६ महिनाको कैद सजाय पनि निर्धारण गरिएको…
काठमाडौं । बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भ्यानकुभरमा भएको खेलमा लिएन्ड्रो ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरे। समूह ‘जी’मा पाँच अङ्कसहित बेल्जियम समूह विजेता बनेको छ भने इजिप्ट उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ। इरान तेस्रो र न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। प्रतिक्रिया
- किरण सुनुवार, बाइबलको पुरानो नियममा वर्णन गरिएको लिव्यात्तान जस्तो विशाल, शक्तिशाली र भयानक समुन्द्री जीवको विषयले हामीमा ठूलो कौतूहल जगाउन सक्छ। विशेष गरी बाइबलको अय्यूब ४१ अध्यायमा यस जीवको शारीरिक बनावट, वैभव र शक्तिको विस्तृत बयान गरिएको छ, जहाँ यसलाई पृथ्वीकै सबैभन्दा निडर प्राणीको रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसको ढाड दर्शन ढुङ्गाको पर्खालले जस्तै घेरिएको छ, जसमा एउटामाथि अर्को खप्टिएका कत्लाहरू यसरी जोडिएका छन् कि तिनको बीचबाट हावा पनि छिर्न सक्दैन। यसलाई कुनै पनि मानव निर्मित भाला वा काँडले छेड्न असम्भव छ। यस अध्यायको पद १८ देखि २१ सम्म त यसको भयानक शक्तिको बयान गर्दै लेखिएको छ कि यसको…
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने जनाएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले अनुमति नलिई खेल प्रदर्शनका नाममा भिडभाड नगर्न तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सबै संघसंस्था तथा कम्पनीलाई आग्रह गरेको हो। विश्वकप प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुँदैछ। प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संस्था वा कम्पनीले ठूलो पर्दामा खेल देखाउने योजना बनाएमा कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। अनुमति प्राप्तिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ। कार्यालयले प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानको अवस्था, सुरक्षा…
काठमाडौं । विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ । पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ । विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ । सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक…
जेरुसेलम/तेहरान । अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि केही समय शान्त देखिएको मध्यपूर्व पुनः तनावग्रस्त बनेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलमाथि व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको आक्रमण र कडा चेतावनी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले उत्तरी इजरायलका विभिन्न क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको पुष्टि गरेको छ। इरानका अनुसार हाइफाको दक्षिण–पूर्वमा रहेको रमत डेभिड एयरबेस मुख्य निशाना थियो। IRGC का एयरोस्पेस कमाण्डर मजिद मुसाविले यस कारबाहीलाई “वाचा पूरा भएको” भन्दै यो केवल सुरुवात मात्र भएको बताएका छन्। इरानले आगामी एक हप्तासम्म चौबीसै घण्टा निरन्तर आक्रमण जारी रहने चेतावनीसमेत दिएको…
काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा बसोबास गरिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल नेपाल फर्किन आग्रह गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित नेपालीहरूलाई कानुनी जटिलतामा पर्नुअघि स्वदेश फर्किन अनुरोध गरेको हो। दूतावासद्वारा जारी सूचनाअनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेको पाइएको छ। उनीहरूलाई स्वदेश फर्काउन कम्बोडिया सरकारले भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने विशेष सहजीकरण व्यवस्था गरे पनि हालसम्म उनीहरू सम्पर्कमा नआएको जनाइएको छ। दूतावासले ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सकारात्मक प्रतिक्रिया नआएको उल्लेख गरेको छ। सूचनामा…
म्याड्रिड, स्पेन: क्याथोलिक धर्मगुरु पोप लियो चौधौंले आफ्नो सात दिने आधिकारिक स्पेन भ्रमण सुरु गरेका छन्। शनिबार स्पेनको शाही दरबारमा आयोजित विशेष समारोहमा राजा फेलिप छैठौं र रानी लेटिजियाले उनको स्वागत गरे। भ्रमणको सुरुवातमै पोपले स्पेन सरकारको युद्धविरोधी नीति र आप्रवासी (शरणार्थी) हरूप्रति देखाएको सहयोगको प्रशंसा गरे। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजा र इरानका विषयमा इजरायल र अमेरिकाको आलोचना गर्दै आएका छन्। पोपले स्पेनको शान्तिपूर्ण तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने नीतिलाई सकारात्मक रूपमा उल्लेख गरे। स्पेनमा आप्रवासीको विषयमा राजनीतिक मतभेद भए पनि पोपले आप्रवासीहरूको पक्षमा बोल्दै उनीहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। यस अवसरमा पोपले स्पेनको क्याथोलिक चर्चभित्र भएका यौन…