Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

  काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् । रातोपाटीबाट,
Read More
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारत प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुले उनको प्रतिक्रिया लिन खोजेका थिए । तर लामिछानेले भारतबाट फर्किएपछि कुरा गर्ने भन्दै थप बताएनन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ १८ देखि २२ गते (जुन…
Read More
इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा प्रकाशित पोस्टमार्फत उनले इरानले आफ्नो सैन्य क्षमताको विनाश स्वीकार गर्दै पूर्ण रूपमा हतियार बिसाउनुपर्ने बताएका हुन्। ट्रम्पले दाबी गरेका छन् कि इरानको नौसेना “समाप्त भएर समुद्रको फेदमा पुगेको” र वायुसेना “अब अस्तित्वमा नरहेको” अवस्था छ। उनले थप व्यंग्यात्मक शैलीमा लेख्दै भनेका छन्, यदि इरानी सेना हतियार त्याग्दै “म आत्मसमर्पण गर्छु” भन्दै बाहिर निस्किए पनि र नेतृत्वले औपचारिक रूपमा हार स्वीकार गरे पनि त्यसले अन्तर्राष्ट्रिय मिडियाको धारणा परिवर्तन नगर्ने उल्लेख गरे। उनले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, सीएनएन लगायतका…
Read More
अमेरिकालाई इरानको कडा चेतावनी – दुष्टताको जवाफ दिन्छौं

अमेरिकालाई इरानको कडा चेतावनी – दुष्टताको जवाफ दिन्छौं

१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो सैन्य आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भन्दै कडा प्रतिक्रिया दिएको छ। इरानी विदेश मन्त्रालयले अमेरिकाले होर्मोज्गान क्षेत्रमा पटक–पटक हमला गरेर सहमतिको उल्लंघन गरेको आरोप लगाएको हो। बीबीसी फारसी सेवाका अनुसार, इरानले अप्रिल ९ मा युद्धविराम घोषणा भएपछि पनि अमेरिकी सेनाले निरन्तर उक्साहटपूर्ण गतिविधि जारी राखेको दाबी गरेको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरैपटक युद्धविराम तोडेको छ। इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन।” यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी कदमको प्रतिकार गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएको…
Read More
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण : ३१ जनाको मृत्यु, ४० घाइते

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण : ३१ जनाको मृत्यु, ४० घाइते

१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रममा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मंगलबार भएकाे साेही आक्रमणमा परी अन्य ४० जना घाइते भएकाे जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध रुपमा सैन्य आक्रमण गरेको थियो । विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठूलो संख्यामा मानवीय क्षति भएको मन्त्रालयले जनाएकाे छ ।
Read More
अमेरिकी ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

अमेरिकी ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

९ जेष्ठ २०८३, शनिबार , अमेरिकाले ‘ग्रीन कार्ड’ प्राप्त गर्न चाहने विदेशी नागरिकका लागि आप्रवासन नियम थप कडा बनाएको छ। अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’का लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नीति लागू गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले शुक्रबार नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाइँ स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अमेरिकी गृह सुरक्षा विभागका अनुसार अस्थायी रूपमा अमेरिकामा रहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’ लिन आफ्नै देश फर्केर दूतावासमार्फत आवेदन दिनुपर्नेछ। विभागले यसलाई आप्रवासन कानुनको सही कार्यान्वयन भनेको छ। यसले ‘लुपहोल’ प्रयोग गरेर…
Read More
अमेरिकाविरुद्ध नेपालको शानदार जित

अमेरिकाविरुद्ध नेपालको शानदार जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए…
Read More
आईसीसी लिग–२: अमेरिकामाथि नेपालको शानदार जित

आईसीसी लिग–२: अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। नेपालका ओपनर कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट इनिङ्स खेल्दै ११७ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरे। आसिफले ५९ रनको योगदान दिए। यसअघि टस जितेर ब्याटिङ गरेको संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीले १९५ रन बनाएको थियो। स्मित पटेलले ८४ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट र सोमपाल कामीले २ विकेट लिए। यो जितसँगै…
Read More
अमेरिका–इरान तनाव पुनः उत्कर्षमा

अमेरिका–इरान तनाव पुनः उत्कर्षमा

२९ बैशाख २०८३, मंगलवार, काठमाडौं । अमेरिका र इरानबीचको कूटनीतिक तनाव पुनः तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धविराम “जीवन–मरणको अवस्थामा” पुगेको बताउँदै इरानको पछिल्लो प्रस्ताव पूर्ण रूपमा अस्वीकार्य रहेको स्पष्ट पारेका छन्। उहाँको कडा प्रतिक्रियापछि वार्ताको सम्भावना झनै कमजोर बनेको छ। इरानले पनि अमेरिकी दबाबमा नझुक्ने चेतावनी दिँदै आफ्नो सेना कुनै पनि आक्रमणको सामना गर्न तयार रहेको जनाएको छ। यसबीच, खाडी क्षेत्रमा महिनौँदेखि कायम रहेको युद्धविराम अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ। तनाव बढेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। साथै, महत्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ प्रभावित हुने आशंका बढेपछि विश्व अर्थतन्त्रमा…
Read More
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बेपत्ता २० हाइकरको खोजी तीव्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बेपत्ता २० हाइकरको खोजी तीव्र

एजेन्सी, २५ बैशाख २०८३, शुक्रबार, जाकर्ता । इन्डोनेसियाको माउन्ट दुकोनोमा शुक्रबार बिहानको शक्तिशाली ज्वालामुखी विस्फोटपछि उद्धार कार्य तीव्र बनाइएको छ । मालुकु टापुस्थित यस सक्रिय ज्वालामुखीमा विस्फोट हुँदा २० जना पदयात्री फसेको जनाइएको छ । इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षण निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ः ४१ बजे भएको विस्फोटले करिब १० किलोमिटर (३३ हजार फिट) उचाइसम्म खरानीको विशाल मुस्लो आकाशमा फ्याँकेको थियो । निकायले हाल ज्वालामुखीलाई तीन तहको चेतावनी प्रणालीमध्ये दोस्रो तहमा राखेको छ, जसले उच्च सतर्कता आवश्यक रहेको सङ्केत गर्दछ । सन् २०२५ को मार्च अन्त्यदेखि हालसम्म यो ज्वालामुखी झन्डै २०० पटक विस्फोट भइसकेको बताइएको छ । डिसेम्बर २०२४ यता…
Read More