Skip to main content

नयाँ तृष्णा

इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

[adsforwp id="2511"]

१३ जेष्ठ २०८३, बुधबार,

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा प्रकाशित पोस्टमार्फत उनले इरानले आफ्नो सैन्य क्षमताको विनाश स्वीकार गर्दै पूर्ण रूपमा हतियार बिसाउनुपर्ने बताएका हुन्।

ट्रम्पले दाबी गरेका छन् कि इरानको नौसेना “समाप्त भएर समुद्रको फेदमा पुगेको” र वायुसेना “अब अस्तित्वमा नरहेको” अवस्था छ। उनले थप व्यंग्यात्मक शैलीमा लेख्दै भनेका छन्, यदि इरानी सेना हतियार त्याग्दै “म आत्मसमर्पण गर्छु” भन्दै बाहिर निस्किए पनि र नेतृत्वले औपचारिक रूपमा हार स्वीकार गरे पनि त्यसले अन्तर्राष्ट्रिय मिडियाको धारणा परिवर्तन नगर्ने उल्लेख गरे।

उनले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, सीएनएन लगायतका मिडियालाई लक्षित गर्दै ती संस्थाहरूले वास्तविकता तोडमोड गरेर इरानको जित भएको झुटो चित्रण गर्न सक्ने आरोप पनि लगाए। ट्रम्पका अनुसार, “डेमोक्र्याट र मुख्यधाराका मिडिया सत्यबाट टाढा भइसकेका छन्” र उनीहरू “भ्रम फैलाउने अभियानमा संलग्न छन्।”

त्यसैगरी, उनले इरानी नेतृत्वले आत्मसमर्पणसम्बन्धी कागजातमा हस्ताक्षर गरेर अमेरिकाको शक्ति र प्रभावलाई स्वीकार गर्नुपर्ने माग दोहोर्याएका छन्। हालैका दिनहरूमा इरान र अमेरिकाबीच बढ्दो तनावका बीच ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...