Skip to main content

नयाँ तृष्णा

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बेपत्ता २० हाइकरको खोजी तीव्र

[adsforwp id="2511"]

एजेन्सी,

२५ बैशाख २०८३, शुक्रबार,

जाकर्ता । इन्डोनेसियाको माउन्ट दुकोनोमा शुक्रबार बिहानको शक्तिशाली ज्वालामुखी विस्फोटपछि उद्धार कार्य तीव्र बनाइएको छ । मालुकु टापुस्थित यस सक्रिय ज्वालामुखीमा विस्फोट हुँदा २० जना पदयात्री फसेको जनाइएको छ ।

इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षण निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ः ४१ बजे भएको विस्फोटले करिब १० किलोमिटर (३३ हजार फिट) उचाइसम्म खरानीको विशाल मुस्लो आकाशमा फ्याँकेको थियो । निकायले हाल ज्वालामुखीलाई तीन तहको चेतावनी प्रणालीमध्ये दोस्रो तहमा राखेको छ, जसले उच्च सतर्कता आवश्यक रहेको सङ्केत गर्दछ ।

सन् २०२५ को मार्च अन्त्यदेखि हालसम्म यो ज्वालामुखी झन्डै २०० पटक विस्फोट भइसकेको बताइएको छ । डिसेम्बर २०२४ यता मुख्य क्रेटर वरपर ४ किलोमिटर क्षेत्रभित्र पर्यटक तथा आरोहीलाई नजान सिफारिस गरिएको थियो ।

स्थानीय प्रहरी प्रमुख एरलिक्सन पासारिबुका अनुसार दुई विदेशी र एक स्थानीय बासिन्दाको मृत्यु भएको पुष्टि भएको छ । मृतकमध्ये दुई जना सिंगापुरका नागरिक रहेको जानकारी दिइएको छ भने स्थानीय व्यक्ति टर्नेटे सहरका बासिन्दा थिए । राष्ट्रिय विपद् व्यवस्थापन निकायले कम्तीमा पाँच जना घाइते भएको जनाएको छ ।

उद्धार तथा खोजी निकायले उद्धारकर्मीहरू स्ट्रेचर र सामग्री बोकेर पहाडतर्फ जाँदै गरेको तस्बिर सार्वजनिक गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार शुक्रबार साे क्षेत्रबाट आपत्कालीन एसओएस सङ्केत पनि प्राप्त भएको थियो ।

समाचार संस्था रोयटर्स र एएफपीका अनुसार ज्वालामुखी क्षेत्रमा रहेका २० हाइकरमध्ये ९ जना सिंगापुरका नागरिक थिए । उद्धार टोली अझै प्रभावित क्षेत्रमा पुग्ने प्रयासमा रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...