Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि पर्याप्त हुन सकेन । तनिश सुरीले ४२ रन बनाए । कप्तान हरप्रित भाटियाले ३३ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा,…
Read More
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। महासभामा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्‍याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् । प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको टोली प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न न्यूयोर्क जाने अधिकारीहरूले बताएका छन्। ३ भदौको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर १० भदौमा सयौंको ज्याने जाने गरी र लाखौं परिवार प्रभावित…
Read More
चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदानप्रदान गर्ने

चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदानप्रदान गर्ने

१९ भदौ, काठमाडौं । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो । विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो।
Read More
चीनका राष्ट्रपतिको बैठक : नेपालका बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

चीनका राष्ट्रपतिको बैठक : नेपालका बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ । राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनीतिक ब्यूरोको बैठकले केरुङ क्षेत्रमा आएको बाढीको विश्लषेण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्ह्वाले जनाएको छ । राष्ट्रपति सीको अध्यक्षतामा आज बसेको बैठकमा उनले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिए । बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङ र अन्य नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा…
Read More
हनिमुन मनाउन गएका जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु

हनिमुन मनाउन गएका जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु

एजेन्सी , ३ भाद्र २०८३, बुधबार , एथेन्स । हनिमुन मनाउन ग्रिस गएका बेलायती जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । सोमबार ग्रिसको सिफ्नोस टापुमा भएको हेलिकप्टर दुर्घटनामा नवविवाहित जोडी अलेक्ज्यान्डर क्रोमी र म्यारी एबर्टको मृत्यु भएको हो ।  यस घटनामा हेलिकप्टरका पाइलटको पनि मृत्यु भएको ग्रिसको प्रहरीले बताएको छ । पाइलट ग्रिसेली नागरिक थिए ।  यो जोडी सवार बेल २०६ नामक निजी हेलिकप्टर साँझ ६ः१५ बजेतिर अवतरण प्याडभन्दा केही मिटर पर दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरूले हेलिकोप्टर अवतरण गर्न लाग्दा असामान्य इन्जिनको आवाज सुनेको बताएका छन्। रिपोर्टअनुसार दम्पतीले एथेन्सनजिकैको मार्कोपोलो गाउँबाट लोकप्रिय पर्यटकीय गन्तव्य सिफ्नोससम्म हेलिकोप्टर यात्रा गरेका थिए । ग्रीसको उड्डयन…
Read More
भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार तथा १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव रहेका छन्। कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन्। (उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरु हुन) । ( बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा प्रयोग गरिएका नाम परिवर्तन गरिएको हो। ) सुनसरीको धरान क्षेत्रकी अनुषा करिब तीन…
Read More
कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी तेह्रथुमका सोमकुमारको शव आज स्वदेश ल्याउन लागिएको जानकारी दिएको छ। कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन कुवेतस्थित नेपाली दूतावास र स्थानीय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी प्रक्रिया पूरा भइसकेको मन्त्रालयले जनाएको छ। ४४ वर्षीय सोमकुमार कुवेतमा सवारी चालकको रूपमा कार्यरत थिए।
Read More
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एकमात्र गोल स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसअघि निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भएका थिए। त्यससँगै अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो, जसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल गर्दै उपाधि आफ्नो पक्षमा…
Read More
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सबैभन्दा विलासी र अकल्पनीय मूल्यको प्रतियोगिता बनेको छ । सम्भवत लियोनेल मेसीको अन्तिम विश्वकप म्याच र लामिन यामलको उदयबीचको यो ऐतिहासिक भिडन्त हेर्न चाहने समर्थकका लागि टिकटको मूल्य यतिसम्म आकाशिएको छ कि खेल सुरु हुन २४ घण्टा पनि बाँकी नहुँदा पुनर्बिक्री (रिसेल) बजारमा एउटा टिकटको मूल्य २३ लाख अमेरिकी डलर अर्थात् करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँसम्म पुगेको छ । टिकट विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार फिफाले प्रयोग गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणाली र टिकटहरूलाई चरणबद्ध रूपमा सार्वजनिक गर्ने रणनीतिक चालले नै माग…
Read More
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो । ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने । नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल…
Read More