Skip to main content

नयाँ तृष्णा

चीनका राष्ट्रपतिको बैठक : नेपालका बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

[adsforwp id="2511"]

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनीतिक ब्यूरोको बैठकले केरुङ क्षेत्रमा आएको बाढीको विश्लषेण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीको अध्यक्षतामा आज बसेको बैठकमा उनले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिए ।

बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङ र अन्य नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।

‘पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र प्रभावकारी समन्वयका साथ अघि बढाइएको छ। प्रभावित मानिसहरूको पुनर्स्थापना तथा विपत्तिपछिको व्यवस्थापनका लागि पनि व्यापक प्रयास भइरहेको छ’ सिन्हवाले लेखेको समाचारमा छ ।

यो विपत्ति अत्यधिक चिसो हिमाली क्षेत्रमा भएको, जहाँ भिराला उपत्यका, परिवर्तनशील मौसम, आसपासका धेरै हिमनदी तथा हिमतालहरू र सम्भावित भौगर्भिक जोखिमहरू रहेका उल्लेख गर्दै यो अवस्थाले आपत्कालीन उद्धार कार्यमा ठूलो चुनौती सिर्जना गरेको बैठकले जनाएको छ।

बैठकले सम्बन्धित सबै निकाय तथा विभागहरूले उद्धारसम्बन्धी काममा दृढ र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।

खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्नुपर्ने र बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...