Skip to main content

नयाँ तृष्णा

विश्वकप फुटबलका खेल ठूलो पर्दामा देखाउन प्रशासनको पूर्वअनुमति अनिवार्य

[adsforwp id="2511"]

 

काठमाडौं।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने जनाएको छ।

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले अनुमति नलिई खेल प्रदर्शनका नाममा भिडभाड नगर्न तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सबै संघसंस्था तथा कम्पनीलाई आग्रह गरेको हो। विश्वकप प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुँदैछ।

प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संस्था वा कम्पनीले ठूलो पर्दामा खेल देखाउने योजना बनाएमा कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। अनुमति प्राप्तिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

कार्यालयले प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानको अवस्था, सुरक्षा संवेदनशीलता तथा अन्य आवश्यक पक्षहरूको मूल्यांकन गरी मात्र अनुमति प्रदान गर्ने स्पष्ट पारेको छ।

सूचनामा स्वीकृति नलिई रातिको समयमा खेल प्रसारण गरी अनावश्यक भिड जम्मा गर्ने, अमर्यादित वा गैरकानुनी गतिविधि सञ्चालन गर्ने जानकारी प्राप्त भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...