Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

अत्यधिक गर्मीका कारण पाकिस्तानमा ५ सयभन्दा बढीको मृत्यु

अत्यधिक गर्मीका कारण पाकिस्तानमा ५ सयभन्दा बढीको मृत्यु

असार १३ , काठमाडौं । गर्मी बढ्दोका कारण पाकिस्तानी जनताका लागि घातक साबित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ। कराची सहरमा रहेको शव गृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ। तर पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ। यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री…
Read More
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

असार १२ , काठमाडौँ  । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ। मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो। उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ। चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन्। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ। चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ।
Read More
जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौँ- गृहमन्त्री लामिछाने

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौँ- गृहमन्त्री लामिछाने

असार १०, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् । गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशील रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताएका छन् । उनले जीबी राई पक्राउको विषयमा आफुपनि व्यग्रप्रतिक्षामा रहेको बताउँदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन् । उनले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताएका थिए ।
Read More
सुरेन्द्र र सुसनले कालापत्थरको उचाइमा नृत्य गरेर राखे विश्व कीर्तिमान

सुरेन्द्र र सुसनले कालापत्थरको उचाइमा नृत्य गरेर राखे विश्व कीर्तिमान

असार ९, काठमाडौं । नृत्य कलाकारद्वय सुरेन्द्र राई र सुसन तामाङले सबैभन्दा उचाइमा नाचेर विश्व कीर्तिमान रचेका छन् । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का उनीहरुले सोलुखुम्बुको कालापत्थरको ५ हजार ६४१ मिटर उचाइमा नृत्य गर्दै गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् । सुसन र सुरेन्द्रले १९ मे २०२४ अर्थात् गत जेठ ६ मा आफ्नो कला प्रस्तुत गरेका थिए । कालापत्थरको उचाइ ५६४४.५ मिटर छ । उनीहरुले कालापत्थरमा गायक दीपक बज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य तथा कोरियोग्राफी गरेका थिए । उनीहरुको यो पेश गरेको निवेदनलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गर्दै आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड प्रमाणपत्र प्रदान गरेको…
Read More
आईसीसी टी-२० विश्वकप: भारत ४७ रनले विजयी

आईसीसी टी-२० विश्वकप: भारत ४७ रनले विजयी

असार ७, काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा अल आउट हुँदै १३४ रन मात्र बनाएपछि भारत ४७ रनले विजयी भएको हो। अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए। त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३…
Read More
थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतिपछि लागू हुने

थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतिपछि लागू हुने

असार ५ , काठमाडौँ । थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्यान्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ । अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्यान्डमा हुनेछ । थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन…
Read More
‘मानिसको मासु खाने ब्याक्टेरिया’, जसले ४८ घन्टा भित्र लिन सक्छ ज्यान

‘मानिसको मासु खाने ब्याक्टेरिया’, जसले ४८ घन्टा भित्र लिन सक्छ ज्यान

एजेन्सी  असार ४,काठमाडौँ  । जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ घन्टा भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ।मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग पछिल्लो समय जापानमा बढ्न थालेको हो। उक्त ब्याक्टेरियाले आक्रमण गरेको ४८ घन्टा भित्र मानिसको मृत्यु गराउन सक्ने तथ्य फेला परेको छ।यसलाई निकै दुर्लभ प्रकारको ब्याक्टेरिया मानिन्छ।जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार स्ट्रेप्टोकोकस टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो। जुन सङ्क्रमण भएको ४८ घन्टा भित्र घातक हुन सक्छ।नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजले दिएको जानकारी अनुसार यसवर्षको जुन २ सम्म जापानमा एसटीएसएसका ९७७ केस फेला परिसकेका छन्। जुन गत वर्ष दर्ता गरिएको…
Read More
टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ चरणको खेल तालिका

टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ चरणको खेल तालिका

असार  ४ , काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा ‘सुपर–८’ चरणका खेलहरू नेपाली समय अनुसार, बुधबार रातिदेखि सुरु हुनेछ । ‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो । ‘सुपर–८ चारण’ खेल तालिका जुन १९ (२०८१ असार ०५) : अमेरिका विरुद्ध दक्षिण अफ्रिका : २०ः१५ जुन २० (२०८१ असार ०६) : इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिज : ०६ः१५ जुन…
Read More
दार्जिलिङमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

दार्जिलिङमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

झापा । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो । रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । हाल घाइते ६० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More