असार ३०, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। राष्ट्रपति पदका उमेदवार समेत रहेका ट्रम्पमाथि एक चुनावी र्यालीका क्रममा शनिबार साँझ गोली चलेको हो। गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् । बीबीसीका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्। ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ। उनको कान र अनुहारमा रगत बगेको देखिएको छ। घटनास्थलमा एक जनाको शव भेटिएको जनाइएको छ। सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारेमा थप जानकारी आइसकेको छैन। यद्यपि, अनुसन्धान…
असार २८ , एजेन्सी। उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । “पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए । “टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण…
२३ असार, झापा । विहारका एक युवकको टोकाइबाट सर्प मरेको छ । बिहारका सन्तोष लोहारले सर्प टोकेका थिए । बिहारका सन्तोष लोहारले टोक्दा सर्प मरेको हो। लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो। सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा सर्पको विष नलाग्ने त्यहाँको मान्यता छ। मानिसको शरीरमा रहेको विष सर्पलाई टोक्दा सर्पको शरीरमा फिर्ता हुने स्थानीयको मान्यता छ। भारतीय मिडियाका अनुसार रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो। रजौली थाना क्षेत्रको जंगली इलाकामा रेलवे लाइन बिछ्याउने काम चलिरहेको छ। मंगलवार राती सवै मजदूरहरु सुतिरहेका थिए। यसैवेला सन्तोषलाई सर्पले टोक्यो। त्यसपछि रिसाएका उनले सर्पलाई पनि २ पटक टोकिदिए। उनले यसरी…
एजेन्सी । असार २३, गुजरातको सूरतमा एक भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ। भारतको गुजरातस्थित सुरतको सचिन पाली गाउँमा रहेको ६ तले भवन शनिबार दिउँसो भत्किएको हो। १२ घण्टा देखि चलिरहेको उद्धार अभियानमा ७ वटा शव निकालिएको छ भने भत्किएको भवनको भग्नावशेष हटाउने काम जारी रहेको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए। घटनाको समयमा ठूलो आवाज आएकाले स्थानीय मानिसहरूले भूकम्प आएको ठानेका थिए।
असार १९, काठमाडौं । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् । यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो । गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाल्यो । त्यही क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए । स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे पर्यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै…
एजेन्सी, टोकियो । जापानले एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिण–पश्चिमी जापानी टापुमा रहेको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट सोमबार प्रक्षेपण गरिएको थियो । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अध्यक्ष हिरोसी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत् कदम’ भएको बताए । ‘मलाई विश्वास छ, लगातार भएका दुई सफल उडानहरूले देशभित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ,’ जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रूपमा सफल भएको बताए । फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको…
असार १८, काबुल । गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएकोसमेत बताएका छन् । रिपोर्टका अनुसार २.५ मिलियन भन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान सङ्ख्या इरानमा पनि रहेका छन् । अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।
असार १६ , एजेन्सी, मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एउटा नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउँदैछ । उक्त फिचरको नाम ‘एआई स्टुडियो’ हो । इन्स्टाग्रामको एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् । मेटाका सीईओ मार्क जुकरगर्बले हालै इन्स्टाग्रामको उक्त फिचर घोषणा गरेका हुन् । आफ्नो ब्रोडकास्ट च्यानलबाटै जुकरबर्गले इन्स्टाग्राममा एआई स्टुडियो फिचर ल्याउने बताएका थिए। हालै यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । छिट्टै नै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जुकरबर्गले बताएका छन्। मेटाका अनुसार यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन सक्नेछन् । मेसेजको…
असार १६, एजेन्सी। नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । उनले भने, “पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो । त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो ।” बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आइईडी) विस्फोट गराएकी हुन् । आत्मघाती आक्रमणकारीले सोही सहरको…
एजेन्सी। भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँदा १ एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान छत भत्किएर खस्दा एकजनाको मृत्यु र ६ जना घाइते भएका छन् । छत रोकिराखिएको सवारी साधनमाथि खसेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको छत खसेको विमानस्थलका प्रवक्ताले बताए । दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए । मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ । घटनापछि टर्मिनल १ का सबै उडान स्थगन गरिएका छन् ।