Skip to main content

नयाँ तृष्णा

सुरेन्द्र र सुसनले कालापत्थरको उचाइमा नृत्य गरेर राखे विश्व कीर्तिमान

[adsforwp id="2511"]

असार ९, काठमाडौं । नृत्य कलाकारद्वय सुरेन्द्र राई र सुसन तामाङले सबैभन्दा उचाइमा नाचेर विश्व कीर्तिमान रचेका छन् ।

नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का उनीहरुले सोलुखुम्बुको कालापत्थरको ५ हजार ६४१ मिटर उचाइमा नृत्य गर्दै गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् ।

सुसन र सुरेन्द्रले १९ मे २०२४ अर्थात् गत जेठ ६ मा आफ्नो कला प्रस्तुत गरेका थिए । कालापत्थरको उचाइ ५६४४.५ मिटर छ ।

उनीहरुले कालापत्थरमा गायक दीपक बज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य तथा कोरियोग्राफी गरेका थिए । उनीहरुको यो पेश गरेको निवेदनलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गर्दै आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड प्रमाणपत्र प्रदान गरेको छ ।

 

विश्व कीर्तिमान काय गरेपछि सुरेन्द्र र सुसनले भने, ‘हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्घनका लागि यो कीर्तिमानी प्रयास गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...