२९ आश्विन २०८२, बुधबार, काठमाडौँ। नेपाल आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। विश्वकप एसिया र इस्ट प्यासिफिक छनोटमा यूएईले सामोआलाई पराजित गरेसँगै नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो । सुपर सिक्समा नेपाल, ओमान र यूएई २ अंकसहित प्रवेश गरेका थिए । सुपर सिक्समा नेपालले यूएइ र कतारलाई पराजित गर्दै ६ अंक बनाउँदा समान खेलबाट ओमानको पनि ६ अंक बनाएको छ। ओमान रनरेटमा नेपाल भन्दा अगाडि छ । यूएई तेस्रो स्थानमा रहेकाे छ । नेपाल र ओमानबीचकाे खेल बुधबार राति पाैने ९ बजेदेखि शुरु हुने भएकाे हाे। अब नेपालले यो खेल जितेमा उपाधि यात्रालाई सहज हुने भएकाे…
ईलाम — ईलाम जिल्ला माई नगरपालिका–७, ८ र २ का वडावासिलाई स्थानीय ईसाई समाज, कोशी प्रदेश ईसाई समाज र क्यिक रेस्क्यु टिम को संयुक्त सहयोगमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो। माई–७ का ८ घरपरिवारलाई जस्ता र केही कपडा, माई–८ का १९ घरपरिवारलाई कपडा र साबुन–टुथपेस्ट, र माई–२ का ५७ घरपरिवारलाई कपडा र साबुन वितरण गरिएको आयोजकहरूले जानकारी दिएका छन्। क्यिक रेस्क्यु टिमका अध्यक्ष बिक्रम यक्तेन लिम्बूले आफ्नो मन्तव्यमा भने, “यो सरकार मेरो पनि हो, यो देश मेरो पनि हो, र यो समाज मेरो पनि हो। थोपा–थोपा मिलेर नदी बन्ने…
झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई “रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छे” का रूपमा चिनिदिन आग्रह गर्नुभएको छ। पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियानको थालनी गर्दै उहाँले भन्नुभयो, “म नेता होइन, पढाउन आएको होइन — देश बनाउने अभियानमा बोलाउन आएको हुँ। रुखो बोल्छु, तर झुठो बोल्दिन।” “देशभक्त र विदेशी कठपुतलीबीच संघर्ष सुरु भएको छ” साम्पाङले हालको राजनीतिक अवस्थालाई जेनजी आन्दोलनपछिको दुई धार — देशभक्तको एउटा र विदेशी प्रभावमा चल्ने अर्को धारको रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार, आफ्नो उद्देश्य देशलाई श्रम र उत्पादनसँग जोडेर चीन र भारतको दाजोमा उभ्याउने हो। “हाम्रो…
२२ आश्विन २०८२, बुधबार, काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरीमा पुगेको नेपाली महिला टोलीले पाँचौं तथा अन्तिम खेल जितेर सिरिज हासिल गरेको हो । बुधबार भएको निर्णायक खेल नेपालले ५ विकेटले जितेको थियो । घरेलु टोली मलेसियाले दिएको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले ५ विकेट गुमाएर १८ औं ओभरमा प्राप्त गरेको थियो । टोलीका लागि ओपनर रुबी पोद्दारले सर्वाधिक २६ रन जोडिन् । यस्तै, पूजा महतोले २४ रन र कविता कुँवरले १४ रन बनाएका थिए । तर, ओपनर सम्झना कुमारी खड्का १३ रनमै आउट भइन् भने…
ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ। ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो। स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो। हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो। बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन…
ईलाम को माईनगरपालीकाको वडा न: ६,७,८,१,३,२ लगायत का क्षेत्र डुबानमा परेको छ । सबैभन्दा बडि वडा न: २ मा बाडिले असर पारेको छ, गरुवा दोभान चेप्टि दोभान, ढकने दोभान क्षेत्रहरुमा धान , सिमल तरुल ,केरा ,कागती ,बाँस, लगायतका नगदे बालि र अनाज मा बाडिले कोहि ठाँउ पुरेकोछ भने कोहिठाउ पुरै खोला कुदेको छ । स्थानीय बासीका अनुसार गयराती ३ बजे बस्तिमा बाढिपसेको र केही बाख्ररा सुँगुर खोलाले बगाएको र घरमा राखिएको धान चामल मकै जस्ता खाद्धायन्नमा पुरै लेदोले भरिएको तर मानवीय क्षेती भने नभएको बताए । बाढिले चेप्टि फनपार्कमा समेत क्षतिपुराएको देखिएको छ भित्र जानू सक्ने अवस्था नभएकोले…
१६ आश्विन २०८२, बिहीबार, काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्व र दिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। बिहान ९:२३ बजे देवी विसर्जन गरी, वैदिक विधिपूर्वक अभिषेकपछि नवदुर्गाको टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने परम्परा छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म टीका, जमरा र प्रसादलाई समृद्धिको प्रतीक मानिन्छ।
१५ आश्विन २०८२, बुधबार, झापा । क्षतिग्रस्त भौतिक संरचना स्थानीयको सक्रियतामा पुनः निर्माण गरिएसंगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारी काममा फर्किएका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा प्रहरी हतियार छाडेर भागेका थिए भने त्यस यता प्रहरी विहीन बनेको बिर्तामोडमा स्थानीयकै अगुवाइमा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट प्रहरी काममा फर्किएका हुन् । जेनजी आन्दोलनपछि बिर्तामोडमा प्रहरी नहुँदा नहुँदा शान्ति सुरक्षामा चुनौति बढेको भन्दै युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, सजेश शिवाकोटी, बिपिन बजगाँई, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, युवा व्यवसायी…
१४ आश्विन २०८२, मंगलवार, झापा । दसैँमा मासु बिना पर्वको स्वाद अधुरो हुन्छ भन्ने बुझाइ प्रायः सबै नेपालीमा छ। तर चिकित्सकहरुले भने स्वादसँगै स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि मासु उच्च तापक्रममा लामो समय पकाउँदा शरीरका लागि हानिकारक यौगिक (HCAs र PAHs) बन्न सक्छन्। त्यस्तै, पूर्ण रूपमा नपाकेको मासु सेवन गर्दा ब्याक्टेरिया (जस्तै साल्मोनेला वा इ.कोलाई) को जोखिम हुने भएकाले आन्तरिक तापक्रममा विशेष ध्यान दिनुपर्ने बताइन्छ। कसरी पकाउने त ? चिकित्सकका अनुसार मासु पकाउँदा यी उपाय अपनाउन सकिन्छः मासुमा रहेको बढी बोसो हटाएर मात्र पकाउने। दही, निम्बू रस, अदुवा–लसुनजस्ता प्राकृतिक म्यारिनेड…
१३ आश्विन २०८२, सोमबार, ईलाम, माईनगरपालिका | ईलाम माईनगरपालिका–८ स्थित न्युलाईफ अपोस्टोलिक चर्चमा माईनगरपालिका ईसाई समाजद्वारा संयुक्त घुमन्ते संगति सम्पन्न भएको छ। कार्यक्रममा माईनगरपालिकाभरिका ईसाई समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। संगतिमा जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बा राई, समाजसेवी टुपेन्द्र यक्तेन, साथै विभिन्न चर्चका पास्टर तथा अगुवाहरूको विशेष उपस्थिति थियो। अध्यक्ष राईले बाइबलको फिलिप्पी २:२ उद्धृत गर्दै समाजमा आपसी सद्भाव, सहयोग र समझदारी अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भिन्न धर्म र विश्वास भए पनि एकताको सूत्रमा बाँधिँदै सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो। सो सेवा सञ्चालन न्युलाईफ अपोस्टोलिक चर्चका अगुवा योएल लिम्बुले गर्नुभएको थियो। सहभागीहरूले परमेश्वरको वचन सुनेर आत्मिक आशीर्वाद…