नयाँ तृष्णा

नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

Advertisement

काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरीमा पुगेको नेपाली महिला टोलीले पाँचौं तथा अन्तिम खेल जितेर सिरिज हासिल गरेको हो ।

बुधबार भएको निर्णायक खेल नेपालले ५ विकेटले जितेको थियो ।

घरेलु टोली मलेसियाले दिएको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले ५ विकेट गुमाएर १८ औं ओभरमा प्राप्त गरेको थियो । टोलीका लागि ओपनर रुबी पोद्दारले सर्वाधिक २६ रन जोडिन् । यस्तै, पूजा महतोले २४ रन र कविता कुँवरले १४ रन बनाएका थिए ।

तर, ओपनर सम्झना कुमारी खड्का १३ रनमै आउट भइन् भने कप्तान इन्दु बर्माले मात्र ८ रन बनाइन् । यस्तै, पूर्व कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान दिएकी थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । विनिफ्रेड दुरासिंगमले टोलीका लागि सर्वाधिक ४० रन बनाइन् । नेपालका लागि राजमति ऐरी र कविता कुँवरले समान ३ र रचनाकुमारी चौधरीले १ विकेट लिए ।

यस सिरिजमा नेपाल दुई पटक पछि परेको थियो । मलेसियाले पहिलो खेल जित्दा नेपाल १–० ले पछि परेको थियो । यसपछि दोस्रो खेल जितेर नेपालले सिरिज १–१ बराबरी गरेको थियो । तेस्रो खेलमा मलेसिया जित्दा नेपाल फेरि एकपटक सिरिजमा पछि प¥यो ।

इन्दु वर्माले यसै सिरिजअन्तर्गत चौथो खेलमा व्यक्तिगत १ हजार रन पूरा गरिन् । योसँगैं उनी टी २० अन्तर्राष्ट्रियमा नेपालको तर्फबाट १ हजार रन पूरा गर्ने पहिलो महिला खेलाडी बनिन् ।

उनले ७७ खेलमा यो उपलब्धि हासिल गरेकी हुन् । यस्तै, सीता रानामगर पनि १ हजार रन नजिक छिन् । उनले ९ सय ६५ रन बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाल...
अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्या...
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —...
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्व...