Skip to main content

नयाँ तृष्णा

ईलाममा माईनगरपालिका ईसाई समाजद्वारा घुमन्ते संगति सम्पन्

Advertisement

ईलाम, माईनगरपालिका |

ईलाम माईनगरपालिका–८ स्थित न्युलाईफ अपोस्टोलिक चर्चमा माईनगरपालिका ईसाई समाजद्वारा संयुक्त घुमन्ते संगति सम्पन्न भएको छ। कार्यक्रममा माईनगरपालिकाभरिका ईसाई समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

संगतिमा जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बा राई, समाजसेवी टुपेन्द्र यक्तेन, साथै विभिन्न चर्चका पास्टर तथा अगुवाहरूको विशेष उपस्थिति थियो।

अध्यक्ष राईले बाइबलको फिलिप्पी २:२ उद्धृत गर्दै समाजमा आपसी सद्भाव, सहयोग र समझदारी अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भिन्न धर्म र विश्वास भए पनि एकताको सूत्रमा बाँधिँदै सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

सो सेवा सञ्चालन न्युलाईफ अपोस्टोलिक चर्चका अगुवा योएल लिम्बुले गर्नुभएको थियो। सहभागीहरूले परमेश्वरको वचन सुनेर आत्मिक आशीर्वाद प्राप्त गरेको अनुभव बाँडेका थिए।

स्थानीय अगुवाहरूले यस्ता घुमन्ते संगति ईलाममा निरन्तर आयोजना हुँदा धार्मिक मात्र नभई सामाजिक एकता र सद्भाव बढ्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...