Skip to main content

नयाँ तृष्णा

श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

Advertisement

झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई “रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छे” का रूपमा चिनिदिन आग्रह गर्नुभएको छ।

पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियानको थालनी गर्दै उहाँले भन्नुभयो,

“म नेता होइन, पढाउन आएको होइन — देश बनाउने अभियानमा बोलाउन आएको हुँ। रुखो बोल्छु, तर झुठो बोल्दिन।”

“देशभक्त र विदेशी कठपुतलीबीच संघर्ष सुरु भएको छ”

साम्पाङले हालको राजनीतिक अवस्थालाई जेनजी आन्दोलनपछिको दुई धार — देशभक्तको एउटा र विदेशी प्रभावमा चल्ने अर्को धारको रूपमा चित्रण गर्नुभयो।
उहाँका अनुसार, आफ्नो उद्देश्य देशलाई श्रम र उत्पादनसँग जोडेर चीन र भारतको दाजोमा उभ्याउने हो।

“हाम्रो मुलुकलाई भ्रष्टाचार, अल्छीपन र पराधीनताबाट मुक्त गर्न श्रम–संस्कृतिको बाटो नै एकमात्र उपाय हो,” उहाँले भन्नुभयो।

श्रम अभियान सुरु गर्नुअघि साम्पाङले मेची पुलमा राष्ट्रिय झण्डा फहराउँदै देशव्यापी अभियानको औपचारिक सुरुवात गर्नुभयो।
उहाँलाई सुन्न ठूलो संख्यामा सर्वसाधारण र समर्थकहरू उपस्थित थिए।

भ्रष्टाचारविरुद्ध आवाज, श्रमका पक्षमा अभियान

सामाजिक अभियन्ता बालकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता प्रसन्न भट्टराई, अरुण गुरुङ, पुष्प पौडेल, सन्तोष आचार्य, मुना राई लगायतले श्रम–संस्कृति अभियानको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रम आदिवासी जनजाति नेता केवल राईको सञ्चालन र प्रमेश थापाको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

  1. ७० वर्षीय जयन्त खनाललाई सम्मान गरिएको सो कार्यक्रममा केसाङ क्रिएसनका भाइबहिनीहरूले नृत्य प्रस्तुत गरेका थिए भने मेचीनगरका जेनजी युवाहरूले साम्पाङलाई कालो चश्मा उपहार दिंदै अभियान सफलताको शुभकामना दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...