Skip to main content

नयाँ तृष्णा

माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

Advertisement

 

ईलाम — ईलाम जिल्ला माई नगरपालिका–७, ८ र २ का वडावासिलाई स्थानीय ईसाई समाज, कोशी प्रदेश ईसाई समाज र क्यिक रेस्क्यु टिम को संयुक्त सहयोगमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो।

माई–७ का ८ घरपरिवारलाई जस्ता र केही कपडा,
माई–८ का १९ घरपरिवारलाई कपडा र साबुन–टुथपेस्ट,
र माई–२ का ५७ घरपरिवारलाई कपडा र साबुन वितरण गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

क्यिक रेस्क्यु टिमका अध्यक्ष बिक्रम यक्तेन लिम्बूले आफ्नो मन्तव्यमा भने,

“यो सरकार मेरो पनि हो, यो देश मेरो पनि हो, र यो समाज मेरो पनि हो। थोपा–थोपा मिलेर नदी बन्ने जस्तै सानो सहयोगले ठूलो प्रभाव पार्न सक्छ भन्ने सोचका साथ हामी यहाँ आएका हौँ। राहतलाई ‘सहयोग र सम्झना’को रूपमा लिनुहोस् — हामीले यसलाई राहतको रूपमा होइन, आपसी माया र नेपाली पहिचानका प्रतीकका रूपमा लिएका हौँ,”
भन्दै उनले दुःख–सुखमा एकअर्काको साथ रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, स्थानीय ईसाई समाज, कोशी प्रदेश ईसाई समाज र क्यिक रेस्क्यु टिमका सदस्यहरू लगायतको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...