नयाँ तृष्णा

माई नगरपालिका अबिरल बर्षाले डुबानमा

Advertisement

 

 

ईलाम को माईनगरपालीकाको वडा न: ६,७,८,१,३,२ लगायत का क्षेत्र डुबानमा परेको छ ।

सबैभन्दा बडि वडा न: २ मा बाडिले असर पारेको छ, गरुवा दोभान चेप्टि दोभान, ढकने दोभान क्षेत्रहरुमा धान , सिमल तरुल ,केरा ,कागती ,बाँस, लगायतका नगदे बालि र अनाज मा बाडिले कोहि ठाँउ पुरेकोछ भने कोहिठाउ पुरै खोला कुदेको छ ।

स्थानीय बासीका अनुसार गयराती ३ बजे बस्तिमा बाढिपसेको र केही बाख्ररा सुँगुर खोलाले बगाएको र घरमा राखिएको धान चामल मकै जस्ता खाद्धायन्नमा पुरै लेदोले भरिएको तर मानवीय क्षेती भने नभएको बताए ।

बाढिले चेप्टि फनपार्कमा समेत क्षतिपुराएको देखिएको छ भित्र जानू सक्ने अवस्था नभएकोले के कत्ति क्षतिभयो भन्ने कोहि कसैबाट नि थाहा नभयको अवस्ता छ ।

समग्रमा माई नपाभरी के कत्ति क्षति भयो बिबरण आउन बाँकि छ भने माई न पा २ चेप्टिको सिमले भन्नेठाउँमा बाढि कुदेको बगरमा एउटा पहिचान खुल्न नसकेको शव स्थानीय बासिले फेलापारेको छ । शरीरको अंग पूरा नभएको केहि भाग दुईओटा खुट्टा एकओटा हात र शरीरको आधाभाग मात्र रहेकोले काँहाको कोहो र कत्ति बर्षको हो पुरुष कि महिला भनेर नचिनिने अवस्तामा एक हात मात्र देखिएको अवस्तामा स्थानीय बासीहरुले फेला पारेको थियो शवलाई लोदिया प्रहरिचौकिको सहयाेगमा पोसमार्टमका लागि झापाको भद्रपुर लाने तयारी गरिएकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाल...
अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्या...
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —...
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्व...