नयाँ तृष्णा

माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

Advertisement

 

ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ।
ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो।

स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो।

हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो।

बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन बाँकी रहेको र वास्तविक क्षतिको यथार्थ तस्वीर आउन केही दिन लाग्न सक्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाल...
अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्या...
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —...
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्व...