Skip to main content

नयाँ तृष्णा

माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

Advertisement

 

ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ।
ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो।

स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो।

हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो।

बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन बाँकी रहेको र वास्तविक क्षतिको यथार्थ तस्वीर आउन केही दिन लाग्न सक्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...