रेभ. शमूएल तामाङ, प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी…
१७ मंसिर २०८२, बुधबार, ईलाम । माई नगरपालिका क्षेत्रमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको छ। हालै माई–६ मा वडा समिति र मंसिर ४ गते नगर समिति गठनसँगै विभिन्न वडाबाट पार्टी प्रवेशको लहर देखिएको पार्टीले जनाएको छ। यसै क्रमअन्तर्गत माई–२ स्थित सितली खेल मैदानमा अटो तथा टेम्पो व्यवसायीहरूको निमन्त्रणामा आयोजित कार्यक्रममा अटो व्यवसायी समितिका अध्यक्ष दिलकुमार राई (दिल कु राई) नेतृत्वको २६ अटो सञ्चालक समूह श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेको हो। कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्य लक्ष्मी राई, ईलाम जिल्ला अध्यक्ष दिपक राई तथा माई नगर अध्यक्ष बिनोद लिम्बूले स्वागत गरेका थिए। नयाँ प्रवेशीहरूलाई खदा र…
९ मंसिर २०८२, मंगलवार, धुलाबारी, ९ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको ३४औँ ‘१६ दिने अभियान’ आजदेखि देशभर शुरु भएको छ । मेचीनगर नगरपालिका–११ धुलाबारीमा यस अभियानको सुरुआत प्रभातफेरिद्वारा गरिएको हो । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासहित धुलाबारी चोकबाट दक्षिणतर्फ खयरडाँगी हुँदै गरिएको प्रभातफेरिमा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजी लगायत जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्था तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले “हिंसा–मुक्त घर, सुरक्षित समाज”, “लैङ्गिक हिंसाविरुद्ध बोल्नु नागरिकको कर्तव्य”, “मनौं तड्कौं, हरेक हिंसाको विरुद्ध खड्कौं” जस्ता संदेशसहितका प्लेकार्ड लिएर र्यालीमा सहभागिता जनाएका थिए। र्यालीपछि…
२८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्याउने अन्तिम तयारीमा मेचीनगर नगरपालिका जुटेको छ। झापा क्षेत्रका २२ जातजातिको कला, पहिचान र संस्कृतिलाई संरक्षण गर्ने लक्ष्यसहित २०७५ सालमा जमिन व्यवस्थापनबाट सुरू भएको यो परियोजना कानुनी तथा प्राविधिक जटिलताका कारण बीचैमा रोकिएको थियो। २०७८ सालमै आंशिक संरचना तयार गरिए पनि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच कागजी सहमति नहुँदा निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मनोजकुमार बुढाथोकी बताउँछन्। उनका अनुसार, ‘सम्भावित मुद्दा र अस्पष्ट सम्झौताका कारण राज्यको लाखौं बजेट उपयोगविहीन हुन लागेको थियो। अब सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी निर्माणको वास्तविक स्थिति मूल्यांकन गरेर सञ्चालनमा लैजाने…
१५ आश्विन २०८२, बुधबार, झापा । क्षतिग्रस्त भौतिक संरचना स्थानीयको सक्रियतामा पुनः निर्माण गरिएसंगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारी काममा फर्किएका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा प्रहरी हतियार छाडेर भागेका थिए भने त्यस यता प्रहरी विहीन बनेको बिर्तामोडमा स्थानीयकै अगुवाइमा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट प्रहरी काममा फर्किएका हुन् । जेनजी आन्दोलनपछि बिर्तामोडमा प्रहरी नहुँदा नहुँदा शान्ति सुरक्षामा चुनौति बढेको भन्दै युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, सजेश शिवाकोटी, बिपिन बजगाँई, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, युवा व्यवसायी…
झापा । नेपाल पत्रकार महासंघ झापा र नेपाल बार एसोसिएशन झापाको अगुवाइमा शुक्रबार झापाको मुक्तिचोकमा मौन शान्तिपूर्ण विरोध र्याली निकालिएको छ। संविधानको रक्षा, लोकतन्त्रको संरक्षण र सुशासनको प्रत्याभूतिका लागि र्याली आयोजना गरिएको आयोजकहरूले बताएका छन्। सहभागीहरूले मौनधारण गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए। आयोजक संस्थाहरूका पदाधिकारीहरूले हाल देखिएका राजनीतिक र प्रशासनिक चुनौतीका बीच लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा सबैको जिम्मेवारी भएको भन्दै सचेतना जगाउने उद्देश्यले र्याली आयोजना गरिएको स्पष्ट पारेका छन्। र्यालीमा पत्रकार, कानुन व्यवसायी, विभिन्न पेशागत सङ्गठनका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
२३ भाद्र २०८२, सोमबार, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्तताल स्रोतकाबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । यो घटनाले विरोध प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षाको विपरीत हिंसात्मक रुप लिएको देखाएको छ। प्रदर्शनका क्रममा सयौँ घाइते भएका छन् र घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।
भदौ १२, झापा । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार सम्बन्धी विधेयकमा प्रेसस्वतन्त्रता विरोधी प्रावधान समावेश भएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ झापाको अगुवाइमा आज बिहिबार जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले धर्ना र कोणसभा गरेका छन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले “प्रेसमाथि नियन्त्रण हुदैँन”, “प्रेस स्वतन्त्रता हाम्राे पहिचान हो”, “विधेयक खारेज गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित ध्यानाकर्षण गराएका थिए। कोणसभामा महासंघ झापाका अध्यक्ष एकराज गिरीले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने उद्देश्यसहित ल्याइएको प्रावधानले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा भएको बताए। उनले विधेयक तत्काल खारेज नगरे प्रदेशभर आन्दोलन चर्काउने चेतावनी दिए। पत्रकार चन्द्र भण्डारीले प्रेस स्वतन्त्रता बिना समाज निरंकुशतर्फ धकेलिने उल्लेख गर्दै पत्रकारलाई असजिलो पार्ने…
किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
झापा । परिवर्तनको लागि युवा नामक समूहको आयोजना र एक्का नेपालको सहकार्यमा झापाको मेचीनगर–६, बर्मेलीटोल गैरीगाउँमा अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा परिवर्तनको लागि युवाका सहजकर्ता बिष्णु प्रसाईंले अपांगता के हो, अपांगताको प्रकार तथा वर्गीकरण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरे। उनले सहभागीहरूलाई अपांगता सम्बन्धी आधारभूत जानकारी दिँदै सामाजिक समावेशीताको महत्वप्रति सचेत गराए। कार्यक्रममा समूहकी संयोजक प्रियंका दनुवारले नेपाल सरकारले प्रदान गर्ने अपांगता परिचयपत्रका चारवटा प्रकारहरू र तिनले दिने सुविधाहरूका बारेमा स्पष्ट विवरण दिइन्। कृपा फ्रि मेथोस्टि चर्च भवनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चाँदनी अन्सारीले गरेकी थिइन् भने एक्का नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक तरुण राईसहित समूहका अन्य सदस्यहरूको…