नयाँ तृष्णा

मेचीनगरकाे खेलकुद विकासमा नयाँ आयाम

Advertisement

किशोर कुमार सार्की,

मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो ।

ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले फाइनलमा आयोजक काँकरभिट्टा फुटबल टे्रनिङ सेन्टरलाई १–० ले हराउँदै उपाधि जितेको थियो । उपविजेता मेचीनगरको आयोजक टिम बनेको थियो । यो संस्करण ६ वर्षपछि पुनः सञ्चालन गरिएको र मेचीनगर नगरपालिकाले रु २५ लाख सहयोग गरेको थियो ।
राष्ट्रपति रनिङ शिल्डः विद्यालयस्तर प्रतियोगिता
पुस ३ मा बाहुनडाँगीमा सम्पन्न पाँचौं “राष्ट्रपति रनिङ शिल्ड” ले मेचीनगरको ग्रामीण–शैक्षिक क्षेत्रमा खेलकुदको उत्साह निर्माण गरेको छ । ५० वटा विद्यालयका ११० विद्यार्थीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरे । नगरभित्रका खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्‍याउने र मेचीनगरका विभिन्न विधाका खेलाडीहरुलाई खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने प्रतियोगिताको उद्देश्य रहेको थियो । छनोटका आधारमा खेलाडीले स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिनिधित्वका अवसरहरु प्राप्त गरे ।
नगरपालिकाद्वारा नगरभित्र रहेका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न स्पोर्टस मेनिया समेत सञ्चालन गरिरहेको छ । साथै, मेचीनगरमा क्रियाशिल खेलकुद क्लबहरुद्वारा सञ्चालन गरिएको च्यालेन्ज कप लगायतका प्रतियोगिताहरूको माध्यमबाट खेलकुदलाई प्रमुख प्राथमिकतामा राखेको देखिन्छ । युवा, महिला र ग्रामीण प्रतिभा प्रस्फुटन गर्ने वातावरण सिर्जना गरेको छ । आगामी दिनमा दीर्घकालीन संरचना, नियमित प्रशिक्षण कार्यक्रम, निगरानी प्रणाली र साझेदारी सुदृढ गर्ने हो भने मेचीनगरले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सक्छ ।

दीर्घकालीन रुपमा खेलकुद क्षेत्रको विकास गर्न पूर्वाधार, प्रशिक्षण, मैदान, उपकरण र कोचिङ सुविधामा सुधार आवश्यक छ । निजी–सरकारी साझेदारी संस्थागत नभएकाले बजेट र व्यवस्थापन अस्थायी यसको चुनौति रहेको छ । अनुगमन, तालिम र संरचनात्मक सञ्चालन अझ व्यवस्थित हुनुपर्छ ।

त्यसैगरी, २०८२ असार ५ देखि ९ गतेसम्म मेचीनगर खेलकुद बिकास समितिको आयोजना मा यू–१६ अन्तरपालिका प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गर्‍यो । फाइनल खेलमा मेचीनगरलाई हराउँदै सुनसरीको इनरुवा नगरपालिका बिजयी भएको थियो ।
त्यसैगरी, मेचीनगर नगर खेलकुद विकास समितिको आयोजनामा प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको थियो । फाइनल खेलमा ब्राइट फ्युचर मोरङ विजेता बन्दा आयोजक उपविजेता बनेको थियो ।
अघिल्लो आर्थिक वर्षमा समेत मेचीनगर नगरपालिकामा खेलकुदको महाकुम्भ मेचीनगर नगर ओलम्पिक सम्पन्न भएको थियो । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखि शुरु भएको प्रतियोगितामा विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएका थिए । मेचीनगर–१० च्याम्पियन बनेको थियो । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्‌स मेनियामा १६ स्वर्णसहित च्याम्पियन बनेको हो ।
वडा नम्बर १० ले प्रतियोगितामा १६ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेर विजेता बनेको थियो । यसैगरी, प्रतियोगितामा मेचीनगर–६ ले ९ स्वर्णसहित दोस्रो बनेको छ । उसले ९ स्वर्ण, १० रजत र १० कास्य पदक प्राप्त गरेको थियो ।

त्यस्तै, मेचीनगर–९ र मेचीनगर–११ समान ८ स्वर्णसहित तेस्रो भएको थियो । वडा नम्बर ९ ले ८ स्वर्ण, ११ रजत र ५ कास्य तथा वडा नम्बर ११ ले ८ स्वर्ण, ५ रजत र ९ कास्य पदक प्राप्त गरेको थियो ।
प्रतियोगितामा मेचीनगर–७ ले ६ स्वर्ण, ६ रजत र २ कास्य, मेचीनगर–१४ ले ६ स्वर्ण, ५ रजत र २० कास्य, मेचीनगर–८ ले ४ स्वर्ण, ३ रजत र २ कास्य, मेचीनगर–३ ले ३ स्वर्ण, ३ रजत र १० कास्य पदक हात पारेको थियो ।
यस्तै, मेचीनगर–१२ ले ३ स्वर्ण, २ रजत र २ कास्य, मेचीनगर–१५ ले ३ स्वर्ण, ८ रजत र ६ कास्य, मेचीनगर–३ ले एउटा स्वर्ण, ८ रजत र १० कास्य, मेचीनगर–२ ले ३ रजत पदक प्राप्त गर्यो भने मेचीनगर–५ र १३ नम्बर वडा पदकविहीन भएका थिए । गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स र चेस खेलमा प्रतिष्पर्धा भएको थियो ।

यसरी हेर्दा मेचीनगर नगरपालिकाले खेलकुदको विकासमा लगानी गरे अनुरुप उपलब्धि हासिल भएको छ । तर, यत्तिले मात्रै पुग्दैन । नगरलाई विश्वसामु चिनाउने खेलकुद जगतको विकासमा अरु बढी लगानी गरेर खेलाडीलाई यही क्षेत्रमा सम्भावना छ भन्ने खालको वातावरण बनाउन नगरपालिकाले भूमिका खेल्नुपर्दछ । खेलाडीलाई आत्मसम्मानका साथ सम्भावनाका ढोका खोलिदिने योजना तथा कार्यक्रम ल्याएर मेचीनगरलाई खेलकुदको माध्यमबाट विश्वसामु चिनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका ह...
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने

देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने

८ बैशाख २०८३, मंगलवार, काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको ...
“आँसु र सपनाको बीचमा”

“आँसु र सपनाको बीचमा”

– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा ...
भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

एजेन्सी , काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको म...